काठमाडौं- मोरङस्थित रंगेली नगरपालिकाका सबै कोरोना संक्रमित निको भएका छन्। शनिबारसम्म सबै संक्रमित निको भएर घर फर्किएको नगरपालिकाले जनाएको छ।
यसअघि रंगेली नगरपालिका कोरोना संक्रमणको हटस्पट बनेको थियो। १ सय २५ जनामा कोरोना पोजिटिभ देखिएको थियो। यसैगरी एकजना कोरोना संक्रमितको ज्यान गएको थियो।
कोरोना संक्रमणले भयावह रुप लिन थालेदेखि नै आफूहरुले समुदायलाई सचेत गराउँदै स्वास्थ्य सुरक्षामा ध्यान पुर्याएकाले नगरपालिका कोरोनामुक्त भएको नगरपालिकाका मेयर दिलिपकुमार अग्रवालले बताए।
कोरोना संक्रमण फैलिन सुरु भएपछि समयमा नै क्वारेन्टाइन तथा आइसोलेसन तयार गरी संक्रमितहरुको उचित व्यवस्थापन गरेकाले करिब एक महिनाको अवधिमा सबै संक्रमित निको भएको उनको भनाइ छ।
अझै पनि कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सजग रहन आवश्यक रहेको मेयर अग्रवालले बताए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।