काठमाडौं- पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३५४ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ हजार २ सय ५५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ संक्रमित थपिएका हुन्।
हाल १७ हजार २७ जना संक्रिय संक्रमित छन् भने ९ हजार २०१ संस्थागत आइसोलेसनमा छन्। होम आइसोलेसनमा रहनेहरूको संख्या ७ हजार ८२६ छ।
१० हजार ३८२ जनाको पिसिआर परिक्षण भएको छ। हाल ४ हजार ७०३ जना क्वारेन्टाइनमा छन्।
पछिल्लो २४ घण्टामा १ हजार ८१४ जना संक्रमणमुक्त भएका छन्। हालसम्म २८ हजार ९४१ जना निको भएर घर फर्किएका छन्। यो कुल संक्रमितको ६३ प्रतिशत हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।