काठमाडौं- पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४०८ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ हजार ९ सय १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ३२६, ललितपुरमा ४५ र भक्तपुरमा ३७ संक्रमित थपिएका हुन्।
हाल देशभर १७ हजार ८७० जना सक्रिय संक्रमित छन्। यीमध्ये ९ हजार ८६६ जना संस्थागत आइसोलेसनमा रहेको डा गौतमले जानकारी दिए। हाल ८ हजार ४ जना होम आइसोलेसनमा छन्।
पछिल्लो २४ घण्टामा १२ हजार ४७३ जनाको परीक्षण भएको छ। हालसम्म ७ लाख ५७ हजार ९६३ जना परीक्षण भएको छ। हाल ६ हजार ५६१ जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा १५ सय ६६ जना निको भएसँगै २७ हजार १२७ जना संक्रमणमुक्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।