काठमाडौं–देशभर कोरोना भाइरसका कूल संक्रमितमध्ये महिलाको संख्या १० हजार १ सय ३० रहेको छ। त्यसमध्ये बागमती प्रदेशमा ३४ सय ५१ महिला संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपालमा ४४ हजार २ सय ३६ जना संक्रमित रहेका छन्। तीमध्ये १८ हजार ४सय ४ जना संक्रिय संक्रमित रहेका छन्। संक्रमितमध्ये २ सय ७१ जनाले ज्यान गुमाएका छन्।
बागमती प्रदेशमा १० हजार २५ जान कोरोना संक्रमित रहेका छन् भने ६५ सय ७४जना पुरुष संक्रमित भएका छन् । बागमती प्रदेश सबैभन्दा धेरै संक्रमित रहेको प्रदेशको सूचीमा दोस्रो स्थानमा रहेको छ । बागमती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर र चितवनमा ५ सयभन्दा बढी संक्रमित रहेका छन्।
महिला संक्रमित सबैभन्दा धेरै काठमाडौैमा रहेका छन्। काठमाडौंपछि चितवन र ललितपुरमा रहेका छन्।
कुन जिल्लामा कति?
सिन्धुपाल्चोक १११
महिला ३२
काभ्रेपलान्चोक २५६
महिला १००
ललितपर ८५०
महिला ३८६
भक्तपुर ६३४
महिला २६०
काठमाडौ ६००८
महिला १९७६
नुवाकोट ९६
महिला १७
रसुवा १८
महिला ९
धादिङ २५८
महिला ४७
सिन्धुली ८८
महिला १२
रामेछाप ८९
महिला१३
दोलखा ७०
महिला२०
मकवानपुर ५८०
महिला १९८
चितवन ९६७
महिला ३८१
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।