काठमाडौं-विराटनगरस्थित कोशी अस्पतालमा थप एक जना काेराेना संक्रमितको मृत्यु भएको छ। विराटनगरकी ६४ वर्षीया महिलाको शुक्रबार राति ८ बजे मृत्यु भएको कोभिड संयोजक दिपक सिग्देलले जानकारी दिए।
अस्पतालका अनुसार उनी शुक्रबार दिउँसो गम्भीर श्वासप्रश्वासको समस्या लिएर अस्पताल भर्ना भएकी थिईन्। शुक्रबार नै पिसीआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।