• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

घरमै नजरबन्दका १९ दिनपछि : प्लाज्मा दान गर्न इच्छुक छु

श्रीधर आचार्य शनिबार, भदौ २०, २०७७  १२:१४
1140x725

विगत १९ दिन अगाडि मलाई कोभिड संक्रमण भएको पुष्टि भयो। यी १९ दिन मेरा लागि आपराधिक कार्यमा संलग्न भएजस्तै भयो। नेपाल सरकारका सबै मापदण्ड अपनाएर होम आइसोलेसनमा बसेँ। आफ्नै घरको एउटा कोठामा नजरबन्दमा पर्दाको अनुभव थियो यो मेरा लागि। आफ्नो घरमा सिल लगाइएर म मात्र होइन, मेरो सम्पूर्ण परिवारसमेत नजरबन्दमा पर्‍यो। मेरो परिवार भएको मेरो घरलाई एउटा आपराधिक केन्द्रका रुपमा प्रचारप्रसार गरियो। यो एउटा दुखद् अनुभव थियो।

कोभिड-१९ पोजेटिभ भएको १९ दिनपछि फेरि मेरो पिसिआर टेस्टको रिजल्ट नेगेटिभ आएको छ। यो मेरा लागि उत्कृष्ट नतिजा थियो। तर समाजका लागि भने अदालतबाट सफाइ भएको अभियुक्तजस्तो। कता कता तुष बाँकी नै रहेजस्तो। म फेरि एकाएक यो समाजको सामान्य व्यक्ति भएको महसुस मलाइ भइरहेको थियो। तर समाजका लागि अझ पनि पहिलाको जस्तो सामान्य व्यक्ति भइसकेको छैन। एउटा सामान्य व्यक्ति वा सोसरह बाँच्न पाउने फैसला गरिदिने यहाँ चाँहि अदालत थिएन, कोभिडको ल्याब थियो। आफू निर्दोष भएको दाबी गर्दै पहिलाजस्तै सामान्य व्यवहारको अपेक्षामा छु। दिनदिनै सामान्य हुने क्रम विस्तार हुँदै जाला भन्ने अपेक्षा गरेको छु। 

सरकारले जारी गरेका सबै मापदण्ड पूर्ण पालना गर्दै आगामी दिनमा पूर्ण सचेत रहने र अरूलाई पनि सचेत गराउने वाचासहित १९ दिनपछि आफ्नै घरबाट थुनामुक्त भएको छु। परिवारका कुनै पनि सदस्य, कार्यालय अनि आफ्नो टोलमा संक्रमण नफैलाउन म सचेत थिएँ। सकेसम्म प्रयास गरेको छु। अझ पनि यो क्रम जारी नै रहनेछ। 

आफू मात्र संक्रमित भई निको पनि भइसकेकाले म नियमित काममा फर्कनुपर्ने बाध्यतामा छु। सायद यस्तो बाध्यता सबैलाई हुन्छ पनि होला। पारिवारिक जिम्मेवारी पनि छ। यसलाई कति पनि विचलित नभइकन पूरा गर्नुपर्ने छ। यस्तो सबैलाई हुन्छ। पारिवारिक जिम्मेवारी पूरा गर्नु अरुको भन्दा असाधारण काम होइन। तर म काममा फर्कने भएकोमा अझै पनि कसैलाई मप्रति आपत्ति छ भने सरकारको नियमअनुसार सजाय भोग्न वा मापदण्डमा बस्न अझै पनि तयार नै छु।

आफू संक्रमित भएकाले संक्रमितले के अपेक्षा गर्नेरहेछन् भन्ने कुरा मलाई थोरबहुत अनुभव छ। उनीहरूलाई प्राप्त हुने सान्त्वनाको ठूलो महत्व हुने रहेछ। म कोरोना संक्रमितहरुलाई चाहिने सहयोग गर्न सक्दो प्रयासमा थिएँ र छु पनि। अबका दिनमा अझ बढी केन्द्रित हुन्छु।

Ncell 2
Ncell 2
nimb
nimb

प्लाज्माथेरापीबाट उपचार गर्दा गम्भीर अवस्थाका संक्रमितलाई पनि निको बनाउन प्रभावकारी हुन्छ भन्ने प्रमाणित भइसकेको छ। प्लाज्माथेरापीबाट संक्रमितहरुको उपचार गर्नुपरेको अवस्थामा म आफू पनि रगत दान गर्न इच्छुक छु। आफ्नो रगतबाट कसैको ज्यान बच्छ भने किन प्लाज्मा दान नगर्ने? यदि आफूले दान गरेको प्लाज्माबाट कसैको ज्यान बच्यो भने यो भन्दा ठूलो सन्तुष्टि केमा होला? त्यही भएर पनि म त प्लाज्मा दानका लागि तयार नै छु। तर सरकारले अझै पनि यसमा जनचेतना फैलाउँदै सबै संक्रमितको विवरण राखेर समस्यामा परेका संक्रमितलाई छिटो उपचार गर्न व्यवस्थापन गर्नुपर्ने धेरै काम छ जस्तो लागेको छ। अब सरकारी ध्यान यता पनि केन्द्रित हुन आवश्यक छ। 

समाजमा संक्रमितहरूप्रति दुर्व्यवहार हुन नदिन समाजका सबैको दायित्व उतिकै महत्वपूर्ण हुन्छ। संक्रमितलाई गरिने हाम्रो व्यवहार परिवर्तन हुन आवश्यक छ। समाजमा कोरोना फैलने जोखिम दिन प्रतिदिन उच्च हुँदै गएको छ। रोकथामको लागि सरकारले प्रयास जारी राख्दा पनि सफल नदेखिएको अवस्था छ। सरकारले अरु सबै छोडेर हस्पिटल थप गर्न र आवश्यक स्वास्थ्य उपकरण, आइसियु, भेन्टिलेटरको जोहो गर्न अब ढिलो गर्नु हुँदैन। सरकारले तत्परता देखाएन भने भोलि जनताले अर्कै सरकार खोज्न पर्ने स्थिती नआउला भन्न सकिन्न।

जनताले आफै सचेत हुने मात्र नभएर अब संक्रमण भइहालेको खण्डमा उपचार पनि आफैले गर्नु पर्ने स्थिति आइसकेको देखिन्छ। कोरोनालाई आफैंले जितेर निको पार्नु पर्ने भएको छ। आफ्नै खर्च गर्नुपर्ने अवस्था छ। जो पनि संक्रमित हुन सक्ने रहेछ। स्वास्थ्य सुरक्षाका उपाय अपनाउन हेलचक्र्याँई नगर्न सबैमा अनुरोध गर्छु। उच्च संयमता र मापदण्ड अपनाई आफ्नो दैनिकी चलाउने व्यवस्था गर्नुपर्ने अवस्था सिर्जना भएको छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

बन्दाबन्दीले अझै कति दिन आफ्नो रोजिरोटी बन्द गरी बस्नुपर्ने हो कुनै निश्चित छैन। बन्दाबन्दी र निषेधाज्ञालाई पनि अब जीवनशैलीकै अभिन्न अंगका रूपमा स्वीकार गर्ने बेला आएको छ। सावधानीपूर्वक सबैको संयुक्त प्रयासमा मात्र कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न सकिन्छ। हामी सबैको साझा प्रयास आवश्यक छ। 

अन्त्यमा, मेरो सुस्वास्थ्यको कामना गर्ने मेरो परिवार, आफन्त, छिमेकी, साथीभाइलगायत सम्पूर्ण महानुभावले प्रकट गर्नु भएको स्नेह, प्रेम, आशिर्वाद, कामना र प्रार्थना गर्नुहुने सम्पूर्णमा हृदयदेखि आभार प्रकट गर्दछु। यहाँहरूको हौसलाले नै म १९ दिनमा कोरोना संक्रमण मुक्त हुन सफल भएको छु। केही मानिसले सामाजिक रूपमा दुर्व्यवहार गरेपनि मप्रति धेरैले दर्शाएको सहानुभुति प्रति नतमस्तक छु। 

हाम्रो समुदायमा कोरोना भाइरस फैलिइसकेको छ। अब हामी जो कोही पनि संक्रमित हुन सक्छौं। हामी सबै संभावित संक्रमित भइसकेका छौं। संक्रमितप्रति दुर्व्यवहार गर्ने नै पनि संक्रमित हुन सक्छ। तसर्थ गम्भीर भएर सोच्न सबैलाई अनुरोध गर्छु कि, आज दुर्व्यवहारमा उद्यत तपाईंलाई भोलि संक्रमण भयो भने अरूबाट तपाईंले गरेत्यस्तै दुर्व्यवहारको अपेक्षा गर्नुहुन्छ?

अर्कोतर्फ यदि कसैलाई संक्रमण भइहालेमा पट्क्कै नआत्तिन म अनुरोध गर्छु। उच्च मनोबल राखेर यसलाई सामान्य रुपमा लिए निको हुन सकिन्छ। सबै संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्छु। मृतकप्रति श्रद्धाञ्जली। साथै यहाँहरु सम्पूर्णमा नमन।

प्रकाशित मिति: शनिबार, भदौ २०, २०७७  १२:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्