जनकपुर–धनुषामा कोरोना संक्रमित एक भारतीय मजदूरको मृत्यु भएको छ। योसँगै धनुषामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ।
क्षीरेश्वरनाथ नगरपालिका–३को रमदैयास्थित लोमस प्यारेन्टल एण्ड फर्मुलेसन उद्योगमा कार्यरत भारत, आन्ध्र प्रदेश विशाखापटनम बस्ने ६५ वर्षीय ती मजदूरको बिहीबार बिहान मृत्यु भएको र कोरोना पुष्टि आज भएको हो ।
तीन दिनदेखि ज्वरो र झाडापखालाको समस्या भएकाले कोरोनाको कारण मृत्यु भएको आशंकामा उनको स्वाब संकलन गरी जनकपुरस्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएको थियो। ती व्यक्तिमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजयकुमार झाले जानकारी दिए। नेपाली सेनाको टोलीले बिहीबार नै शव व्यवस्थापन गरिसकेको छ ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।