काठमाडौं–लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको आज मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका–८ का ७८ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान ९ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जनाएका छन्।
मृतक पुरुषलाई भदौ ४ गते कोरोना पुष्टि भए पनि नौ दिनअघि अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। अस्पतालका अनुसार उनमा मधुमेह र उच्च रक्तचापको समस्या थियो। रुपन्देहीमा यो सँगै मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।