फाइल तस्बिर
काठमाडौं- तवनको राप्ती नगरपालिका-९ की कोरोना संक्रमित ३५ वर्षीया महिलाको मृत्यु भएको छ। चितवनको भरतपुर अस्पतालको आइसियूमा उपचाररत उनको बिहीबार साँझ मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।
विगत ३ महिनादेखि किड्नी फेलर भई डायलाइसिस भइरहेको र उनी पछिल्लो पटक भदौ १४ गते खोकी र श्वासप्रश्वाशमा समस्या लिई अस्पतालमा भर्ना भएकी थिइन्।
उनलाई भदौ १७ गते कोभिड-१९ संक्रमण पुष्टि भएको थियो। उनलाई भेन्टिलेटरसहितको आइसियू कक्षमा उपचार भएको अस्पतालले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।