काठमाडौं- नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई कोरोना संक्रमण देखिएको छ।
भदौ १२ गते स्वास्थ सेवा विभाग टेकुबाट कन्ट्याक ट्रेसिङअन्तर्गत पिसिआर नमुना परीक्षण गर्ने क्रममा मेयर बस्नेत र वडा नं ६ का अध्यक्ष बुढाथोकीको नेगेटिभ रिपोर्ट आएको थियो।
तर, वडा अध्यक्ष बुढाथोकीको स्टार हस्पिटलमा पुन: पिसिआर परीक्षण गर्दा भदौ १६ गते पोजेटिभ देखिएको थियो। त्यसपछि मेयर बस्नेतको पनि परीक्षण गर्दा पोजेटिभ देखिएको नगरपालिकाले जनाएकाे छ। उनीहरुलाई कुनै लक्षण नभएकाले हाेम आइसाेलेसनमा राखिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।