काठमाडौं- देशका विभिन्न अस्तपालमा थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ। बिहीबार साँझ विभिन्न अस्पतालहरूले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन्।
धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवन मेडिकल कलेजमा एक/एक जना संक्रमितको मृत्यु भएको हो।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको कोभिड-१९ उपचार केन्द्रको आइसियूमा उपचाररत पोखरा महानगरपालिका वडा नम्बर ६ निवासी ३७ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ। बिहीबार साँझ ५:५० मा उनको मृत्यु भएको हो।
उनी बिहीबार नै बिहान ५:२० मा अस्पतालमा भर्ना भएका थिए। प्रतिष्ठानमा मृत्यु हुने उनी आठौं हुन्।
यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। बिहीबारै साँझमा उनीहरूको मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ।
मृत्यु हुनेमध्ये एक जना सप्तरीको राजविराज-७ का वर्षीय पुरुष छन्। उनी विगत १५ वर्षदेखि मधुमेह र उच्च रक्तचापका बिरामी रहेको समेत जानकारी दिइएको छ। उनको भदौ ७ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो। अस्पतालको आइसियूमा उपचारकै क्रममा उनको दिउँसो मृत्यु भएको थियो।
यस्तै प्रतिष्ठानमा नै उपचाररत राजविराज-७ कै ५० वर्षीय पुरुषको पनि मृत्यु भएको छ। उनी मधुमेह पीडित थिए। अस्पतालको आइसियूमा उपचारर उनको दिउँसो मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ। उनको बिहीबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो।
यसैगरी चितवन मेडिकल कलेजमा उपचाररत गैंडाकोट वडा नम्बर २ नवलपरासीकाका ३७ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ। कलेजले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै दिउँसो मृत्यु भएको जानकारी दिएको हो। उनको भदौ १० गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो।
उनमा अल्कोहलिक हेपाटाइटिस तथा एक्युट किड्नीका रोगी रहेको कलेजले जानकारी दिएको छ।


विपी प्रतिष्ठानको विज्ञप्ति
१. नाम: ............................................
२. उमेर/लिङ्ग : 55/M
३. ठेगाना:राजविराज-७ , जिल्ला-सप्तरी , प्रदेश- २
४. रिफर गर्ने अस्पताल/निकाय: छिन्नमस्ता अस्पताल, सप्तरी
५. रिफर गर्ने कारण: कमजोरी, अल्प रक्तको समस्या(Anaemia), मधुमेह को समस्या नियन्त्रण हुन नसकेको
६. बिरामीमा पहिलेदेखि भएको अन्य रोग/दीर्घ रोग: बिगत १५ बर्ष देखि मधुमेह र उच्चा रक्तचाप भएको
७. SARS CoV-2(PCR positive) भएको मिति: ०७७-०५-०७ गते BPKIHS मा
८ . बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान/कोभिड अस्पतालमा भर्तीको मिति:०७७-०५-०४ मा Medicine Ward र ०७७- ५-०८ गते COVID hospital मा सारेको र ICU मा उपचारत भएको अवस्थामा मृत्यु भएको
९ . मृत्यु भएको मिति : ०७७-०५-१८ गते, दिनको १.१५ बजे
१० . शवको व्यवस्थापन: नियमानुसार हुँदैछ I
११ . प्रतिष्ठानको तर्फबाट शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछु र मृतकको आत्मालाई शान्ति प्राप्त होस् भन्ने कामना गर्दछु I
विषय: दुखद् समाचार - प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत SARS-C0v-2 संक्रमित बिरामीको मृत्यु(२)
१. नाम: .......................................
२. उमेर/लिङ्ग : 50/M
३. ठेगाना:राजविराज-७ , जिल्ला-सप्तरी , प्रदेश- २
४. रिफर गर्ने अस्पताल/निकाय: राजविराज, सप्तरी
५. रिफर गर्ने कारण: ज्वरो,श्वास प्रश्वासमा कठिन, सरिर सिथिल हुने (४ दिन), BPKIHS को ER मा आइपुग्दा सिकिस्त अवस्था
६. बिरामीमा पहिलेदेखि भएको अन्य रोग/दीर्घ रोग: मधुमेह भएको
७. SARS CoV-2(PCR positive) भएको मिति: ०७७-०५-१८ गते BPKIHS मा
८ . बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सीमा भर्तीको मिति:०७७-०५-१८ दिनको १.२० बजे
९ . मृत्यु भएको मिति : ०७७-०५-१८ गते, दिनको २.०२ बजे
१० . शवको व्यवस्थापन: नियमानुसार हुँदैछ I
११ . प्रतिष्ठानको तर्फबाट शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछु र मृतकको आत्मालाई शान्ति प्राप्त होस् भन्ने कामना गर्दछु I
डा.निदेश सापकोटा
प्रवक्ता
बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।