काठमाडौं- पछिल्लो २४ घण्टामा थप १११२ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
योसहित नेपालमा हालसम्म २३ हजार २९० उपचारपछि निको भएका छन्।
पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार १२० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४१ हजार ६४९ जना पुगेको छ।
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३८८ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ हजार ५ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।
काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
हाल देशभर १८ हजार १०८ जना सक्रिय संक्रमित छन् भने १० हजार ४९३ संस्थागत आइसोलेसनमा छन्। होम आइसोलेसनमा रहने संक्रमितको संख्या ७ हजार ६१५ जना छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।