काठमाडौं- गत आइतबार मन्त्रीपरिषद् बैठकले श्रमिक लैजान तयार भएका मूलुकमा श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।
सोहीअनुसार श्रम स्वीकृति लिनका लागि नो अब्जेक्सन लेटर (एनओसी) अनिवार्य रुपमा पेश गर्नुपर्ने वैदेशिक रोजगार विभागले जनाएको छ।
२०७६ फाल्गुन २९ गते अगाडी मागपत्र प्रमाणlत भई पूर्व स्वीकृति लिएकाहरुको हकमा अन्तिम श्रम स्वीकृति लिनका लागि गन्तव्य मुलुकको सम्बन्धीत रोजगारदाता कम्पनीले हालै जारी गरेको नो अब्जेक्सन लेटर (एनओसी) आवश्यक पर्ने विभागले उल्लेख गरेको छ। सो एनओसी सम्बन्धीत नेपाली राजदूतावासबाट प्रमाणीत गराई अनिवार्य रुपमा पेश गर्नुपर्नेछ।
त्यस्तै पूर्व स्वीकृति लिने प्रकृयामा रहेका र नयाँ मागपत्रको हकमा समेत गन्तव्य मुलुकको सम्बन्धीत रोजगारदाता कम्पनीले हालै जारी गरेको नो अब्जेक्सन लेटर (एनओसी) सम्बन्धीत राजदूतावाासबाट प्रमाणित गराई अनिवार्य रुपमा पेश गर्नुपर्नेछ।
नयाँ व्यक्तिगत श्रम स्वीकृतिको हकमा गन्तव्य मुलुकको सम्बन्धीत रोजगारदाता कम्पनीको आधिकारीक इमेलबाट हालै जारी भएको एनओसी वैदेशिक रोजगार कार्यालय ताहाचलको आधिकारीक इमेलमा प्राप्त हुनुपर्ने विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।