• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

जोरपाटी–सुन्दरीजल सडकमा थोरै जनशक्तिले सक्ने काम शुरु

64x64
नेपाल लाइभ बुधबार, भदौ १७, २०७७  १६:१४
1140x725

काठमाडौं- विस्तारका क्रममा रहेको जोरपाटी सुन्दरीजल सडकमा थोरै जनशक्तिले पनि गर्नसक्ने खालका काम सुरू भएको छ। 

निषेधाज्ञाका समयमा पैदलयात्रु मार्ग, हिमपाइपलगायतका संरचना निर्माणको काम भइरहेको हो। कोभिड–१९ को त्रासका कारण सडक निर्माणका धेरै काम गर्न नसकिने भएकाले सकिने काम गर्न थालिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ। विस्तारित सडकमा थोरै जनशक्तिले पनि गर्नसक्ने काम भइरहेको आयोजना प्रमुख गुरु अधिकारीले बताए। 

उनले भने, ‘सरकारले निषेधाज्ञा खुला गरेपछि मात्रै थप काम अघि बढाउन सकिनेछ।’ आयोजनाले लकडाउनको अवधिमा पनि सडक निर्माणका लागि आवश्यक तयारी अघि बढाएको थियो। सो अवधिमा सडकका दुवैतर्फका रुख हटाएको थियो। सरकारले अनुमति दिएपछि अहिले पनि स्वास्थ्य सावधानी अपनाएर निर्माण अघि बढाउने योजना बनाइएको छ। 

विस्तारका क्रममा रहेका उपत्यकाका अरु सडकजस्तै यो सडक पनि कति चौडाइमा विस्तार गर्ने भन्ने विवादकै कारण लामो समयसम्म निर्माण हुन सकेको थिएन। पहिले चौडाइको समस्या भए पनि गत वर्ष मन्त्रिपरिषद्ले विस्तारित सबै सडकमा उपलब्ध चौडाइमा कालोपत्र गर्ने भनी निर्णय गरेकाले अहिले त्यो समस्या नभएको आयोजना प्रमुख अधिकारीले बताए। सो सडकको मापदण्ड २२ मिटर भए पनि त्योभन्दा कममात्रै उपलब्ध रहेको छ। स्थानीयबासीको घर नभत्काउँदा सातदेखि २० मिटर उपलब्ध हुनेछ। उनले भने, ‘सरकारको निर्णयानुसार नै जहाँ जति चौडाइ उपलब्ध छ, त्यतिमा नै निर्माण हुनेछ।’

सडकमा रहेका संरचना हटाउन र त्यसको व्यवस्थापन गर्न पनि लामो समय लागेको आयोजनाले जनाएको छ। सुन्दरीजलबाट काठमाडौं उपत्यकामा खानेपानी आउने मुख्य पाइप यही सडकमा भएकाले त्यसलाई व्यवस्थापन गर्न कठीन काम भएको आयोजना प्रमुख अधिकारीको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

जमिनमुनिका खानेपानी र ढललगायतका संरचना नबिग्रने गरी निर्माण गर्नु चुनौती हुने उनले बताए। त्यससँगै सडकमा रहेका टेलिफोन, विद्युत्लगायतका संरचना हटाउन पनि सजिलो छैन। उनले भने, ‘हामीले कुनै पनि संरचना सकेसम्म नबिग्रने र बिग्रिहालेमा तुरुन्त मर्मत गर्ने गरी काम गरिरहेका छौं।’

सो सडकमा रहेका पोल सार्ने प्रक्रिया नेपाल विद्युत् प्राधिकरणले अघि बढाएको थियो। लकडाउन पहिले नै प्राधिकरणले ठेक्का प्रक्रिया अघि बढाएको थियो। अहिलेको अवस्थाका कारण काम अघि भने बढिरहेको छैन। आयोजनाले यो सडकको कालोपत्र चाँडो सक्ने लक्ष्य लिएको छ। उपलब्ध चौडाइमा निर्माण गर्ने भएकाले सडकका संरचना हटाएपछि समय नलाग्ने उनको भनाइ छ।

‘सरकारले निर्माणको कामका लागि अनुमति दिएमा आगामी पुससम्ममा सडक सम्पन्न गर्ने लक्ष्य लिइएको छ,’ उनले भने, ‘कोभिडकै कारण काम गर्न नसकिएमात्रै हो, काम गर्न पाइएमा पुससम्म सकिनेछ।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

उपलब्ध चौडाइमा सडक कालोपत्र गर्ने भएपछि सो सडकको चौडाई फरकफरक हुनेछ। उपलब्ध भएका स्थानमा २० मिटरसम्म नै हुनेछ भने अरु स्थानमा सात, १४, १६ गरी फरक फरक चौडाइ हुनेछ। सात मिटर हुँदा दुई लेनमा सवारीसाधन गुड्न सक्नेछ। सो सडकको ठेक्का सम्झौता गर्दा नै सडकको दुवैतर्फ पैदलयात्रु मार्ग निर्माण गरिने उल्लेख थियो। अहिले मापदण्डानुसारमा चौडाइ भएका स्थानमा मात्रै पैदलयात्रु मार्ग निर्माण भइरहेको छ। उनले भने, ‘कम चौडाइ भएका स्थानमा भविष्यमा स्थान उपलब्ध भएमा मात्रै फुटपाथ बन्न सक्छ।’

आयोजनाले जोरपाटी–सुन्दरीजल सडकजस्तै उपत्यकामा विसं २०७१ मा ठेक्का सम्झौता भएका १० सडक चालू आवभित्रै सम्पन्न गर्ने लक्ष्य लिएको छ। त्यतिबेला निर्माण शुरु भएका सडकमध्ये अहिलेसम्म कुनै पनि सडक डिभिजन सडक कार्यालयमा हस्तान्तरण भएको छैन।

त्रिपुरेश्वबाट कलङ्की हुँदै नागढुङ्गा र चाबहिल–साँखु सडक मात्रै निर्माण सम्पन्न भएका छन्। निर्माण सम्पन्न सडकमा अहिले मर्मत अवधिमा छन्। निर्माण सम्पन्न भएको १३ महिनासम्म पनि कुनै समस्या नआएपछि मात्रै आयोजनाले सडक डिभिजनलाई हस्तान्तरण गर्छ। सो अवधिमा कुनै पनि किसिमका त्रुटि आएमा त्यसलाई सच्चाउने जिम्मेवारी सम्बन्धित निर्माण व्यवसायीकै हुन्छ।

प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७  १६:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लिफ्टसहितको कुसुन्तीको आकाशे पुल छिट्टै सञ्चालनमा आउने
खेल पत्रकारहरु भन्छन्– एनपीएलले नेपाललाई खेल पर्यटनको ‘हब’ बनाउने सम्भावना बढायो
एनपीएल ३ : विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने
सम्बन्धित सामग्री
लिफ्टसहितको कुसुन्तीको आकाशे पुल छिट्टै सञ्चालनमा आउने निर्माण कार्य अन्तिम चरणमा पुगेको भए पनि पुल सञ्चालन तथा उद्घाटनको औपचारिक मिति भने सार्वजनिक भइसकेको छैन । आइतबार, कात्तिक ८, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल प्रदेश सरकारका दुई कार्यकाल पूरा हुन लाग्दासमेत आठ स्थानीय तहका केन्द्र सडक पहुँचबाहिर रहनुले दुर्गम क्षेत्रको पूर्वाधार विकासमा राज... शनिबार, कात्तिक ७, २०८३
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएक... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
लिफ्टसहितको कुसुन्तीको आकाशे पुल छिट्टै सञ्चालनमा आउने आइतबार, कात्तिक ८, २०८३
खेल पत्रकारहरु भन्छन्– एनपीएलले नेपाललाई खेल पर्यटनको ‘हब’ बनाउने सम्भावना बढायो आइतबार, कात्तिक ८, २०८३
एनपीएल ३ : विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने आइतबार, कात्तिक ८, २०८३
भोलिबाट एनपिएल–३ः चम्कदै विदेशी ‘स्टार', कता जाँदैछ नेपालका उदीयमान युवाहरूको भविष्य ? आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्