• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

जोरपाटी–सुन्दरीजल सडकमा थोरै जनशक्तिले सक्ने काम शुरु

64x64
नेपाल लाइभ बुधबार, भदौ १७, २०७७  १६:१४
1140x725

काठमाडौं- विस्तारका क्रममा रहेको जोरपाटी सुन्दरीजल सडकमा थोरै जनशक्तिले पनि गर्नसक्ने खालका काम सुरू भएको छ। 

निषेधाज्ञाका समयमा पैदलयात्रु मार्ग, हिमपाइपलगायतका संरचना निर्माणको काम भइरहेको हो। कोभिड–१९ को त्रासका कारण सडक निर्माणका धेरै काम गर्न नसकिने भएकाले सकिने काम गर्न थालिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ। विस्तारित सडकमा थोरै जनशक्तिले पनि गर्नसक्ने काम भइरहेको आयोजना प्रमुख गुरु अधिकारीले बताए। 

उनले भने, ‘सरकारले निषेधाज्ञा खुला गरेपछि मात्रै थप काम अघि बढाउन सकिनेछ।’ आयोजनाले लकडाउनको अवधिमा पनि सडक निर्माणका लागि आवश्यक तयारी अघि बढाएको थियो। सो अवधिमा सडकका दुवैतर्फका रुख हटाएको थियो। सरकारले अनुमति दिएपछि अहिले पनि स्वास्थ्य सावधानी अपनाएर निर्माण अघि बढाउने योजना बनाइएको छ। 

विस्तारका क्रममा रहेका उपत्यकाका अरु सडकजस्तै यो सडक पनि कति चौडाइमा विस्तार गर्ने भन्ने विवादकै कारण लामो समयसम्म निर्माण हुन सकेको थिएन। पहिले चौडाइको समस्या भए पनि गत वर्ष मन्त्रिपरिषद्ले विस्तारित सबै सडकमा उपलब्ध चौडाइमा कालोपत्र गर्ने भनी निर्णय गरेकाले अहिले त्यो समस्या नभएको आयोजना प्रमुख अधिकारीले बताए। सो सडकको मापदण्ड २२ मिटर भए पनि त्योभन्दा कममात्रै उपलब्ध रहेको छ। स्थानीयबासीको घर नभत्काउँदा सातदेखि २० मिटर उपलब्ध हुनेछ। उनले भने, ‘सरकारको निर्णयानुसार नै जहाँ जति चौडाइ उपलब्ध छ, त्यतिमा नै निर्माण हुनेछ।’

सडकमा रहेका संरचना हटाउन र त्यसको व्यवस्थापन गर्न पनि लामो समय लागेको आयोजनाले जनाएको छ। सुन्दरीजलबाट काठमाडौं उपत्यकामा खानेपानी आउने मुख्य पाइप यही सडकमा भएकाले त्यसलाई व्यवस्थापन गर्न कठीन काम भएको आयोजना प्रमुख अधिकारीको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

जमिनमुनिका खानेपानी र ढललगायतका संरचना नबिग्रने गरी निर्माण गर्नु चुनौती हुने उनले बताए। त्यससँगै सडकमा रहेका टेलिफोन, विद्युत्लगायतका संरचना हटाउन पनि सजिलो छैन। उनले भने, ‘हामीले कुनै पनि संरचना सकेसम्म नबिग्रने र बिग्रिहालेमा तुरुन्त मर्मत गर्ने गरी काम गरिरहेका छौं।’

सो सडकमा रहेका पोल सार्ने प्रक्रिया नेपाल विद्युत् प्राधिकरणले अघि बढाएको थियो। लकडाउन पहिले नै प्राधिकरणले ठेक्का प्रक्रिया अघि बढाएको थियो। अहिलेको अवस्थाका कारण काम अघि भने बढिरहेको छैन। आयोजनाले यो सडकको कालोपत्र चाँडो सक्ने लक्ष्य लिएको छ। उपलब्ध चौडाइमा निर्माण गर्ने भएकाले सडकका संरचना हटाएपछि समय नलाग्ने उनको भनाइ छ।

‘सरकारले निर्माणको कामका लागि अनुमति दिएमा आगामी पुससम्ममा सडक सम्पन्न गर्ने लक्ष्य लिइएको छ,’ उनले भने, ‘कोभिडकै कारण काम गर्न नसकिएमात्रै हो, काम गर्न पाइएमा पुससम्म सकिनेछ।’

उपलब्ध चौडाइमा सडक कालोपत्र गर्ने भएपछि सो सडकको चौडाई फरकफरक हुनेछ। उपलब्ध भएका स्थानमा २० मिटरसम्म नै हुनेछ भने अरु स्थानमा सात, १४, १६ गरी फरक फरक चौडाइ हुनेछ। सात मिटर हुँदा दुई लेनमा सवारीसाधन गुड्न सक्नेछ। सो सडकको ठेक्का सम्झौता गर्दा नै सडकको दुवैतर्फ पैदलयात्रु मार्ग निर्माण गरिने उल्लेख थियो। अहिले मापदण्डानुसारमा चौडाइ भएका स्थानमा मात्रै पैदलयात्रु मार्ग निर्माण भइरहेको छ। उनले भने, ‘कम चौडाइ भएका स्थानमा भविष्यमा स्थान उपलब्ध भएमा मात्रै फुटपाथ बन्न सक्छ।’

आयोजनाले जोरपाटी–सुन्दरीजल सडकजस्तै उपत्यकामा विसं २०७१ मा ठेक्का सम्झौता भएका १० सडक चालू आवभित्रै सम्पन्न गर्ने लक्ष्य लिएको छ। त्यतिबेला निर्माण शुरु भएका सडकमध्ये अहिलेसम्म कुनै पनि सडक डिभिजन सडक कार्यालयमा हस्तान्तरण भएको छैन।

त्रिपुरेश्वबाट कलङ्की हुँदै नागढुङ्गा र चाबहिल–साँखु सडक मात्रै निर्माण सम्पन्न भएका छन्। निर्माण सम्पन्न सडकमा अहिले मर्मत अवधिमा छन्। निर्माण सम्पन्न भएको १३ महिनासम्म पनि कुनै समस्या नआएपछि मात्रै आयोजनाले सडक डिभिजनलाई हस्तान्तरण गर्छ। सो अवधिमा कुनै पनि किसिमका त्रुटि आएमा त्यसलाई सच्चाउने जिम्मेवारी सम्बन्धित निर्माण व्यवसायीकै हुन्छ।

प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७  १६:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, कृषिमन्त्रीले मौखिक प्रश्नको उत्तर दिने
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
सम्बन्धित सामग्री
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावा... शनिबार, भदौ २७, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सोमबार, असोज ५, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, कृषिमन्त्रीले मौखिक प्रश्नको उत्तर दिने सोमबार, असोज ५, २०८३
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्