काठमाडौं–लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
कपिलवस्तु नगरपालिका ११ निवासी ६० वर्षीया महिलाको आज बिहान ९.१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
भदौ ७ गते कोरोना पोजिटिभ पुष्टि भइ सोही दिन कोरोना विशेष अस्थायी अस्पतालको आइसीयुमा भर्ना भएकी ती महिलामा ज्वरो, श्वासप्रश्वासमा समस्या, दीर्घ रोग र उच्च रक्तचापको समस्या पनि रहेको अस्पतालले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।