काठमाडौं- बागमती प्रदेशकी उपसभामुख राधिका तमाङ काेराेनामुक्त भएकी छन्।
कोरोना संक्रमण पुष्टि भएपछि विगत १४ दिनदेखि होम आइसोलेसनमा रहेकी बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोनामुक्त भएकी हुन्।
उपसभामुख तामाङले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू र छोराको समेत कोरोनाको पुनः परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको जानकारी दिएकी हुन्।
उपसभामुख तामाङले आफ्नो स्वास्थ्यको चिन्ता र सद्भावसहित स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।