काठमाडौं– मंगलबार देशभर ७ हजार २ सय ८० जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबै भन्दा धेरै प्रदेश २ मा ४ हजार ९१ जना होम आइसोलेसनमा छन्।
त्यस्तै बाग्मती प्रदेशमा मा २ हजार १ सय ६, प्रदेश १ मा ५ सय ४४, प्रदेश ५मा ३२३, सुदूरपश्चिम प्रदेशमा १३३, गण्डकी प्रदेशमा ३८ र कर्णाली प्रदेशमा ४५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
हाल १८ हजार ११२ जना सक्रिय संक्रमित छन् भने संस्थागत आइसोलेनमा १० हजार ८३२ छन्।
पछिल्लो २४ घन्टामा नेपालमा थप १०६९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४० हजार ५२९ जना पुगेको छ।
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४८१ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ हजार २ सय ६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्। काठमाडौंमा ३९०, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। १२ हजार ८८ जनाको पिसिआर आज परीक्षण भएको छ। हाल ७ हजार ३९० जना क्वारेन्टाइनमा छन्।
पछिल्लो २४ घण्टामा ७६८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित २२ हजार १७८ निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।