काठमाडौं- पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४८१ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ हजार २ सय ६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।
काठमाडौंमा ३९०, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
हाल १८ हजार ११२ जना सक्रिय संक्रमित छन् भने संस्थागत आइसोलेनमा १० हजार ८३२ छन्। होम आइसोलेसनमा रहेनको संख्या ७ हजार २८० जना छन्।
१२ हजार ८८ जनाको पिसिआर आज परीक्षण भएको छ। हाल ७ हजार ३९० जना क्वारेन्टाइनमा छन्।
पछिल्लो २४ घण्टामा ७६८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित २२ हजार १७८ निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।