फाइल तस्बिर
पाल्पा- पाल्पाको रामपुरमा सञ्चालित फुड बैंकमार्फत् अतिविपन्न परिवारका करीब चार सय नागरिक लाभान्वित भएका छन्। जिल्लामा जारी निषेधाज्ञाका मारमा परेका नागरिकलाई लक्ष्य गरी लायन्स क्लब अफ रामपुरले नगरका विभिन्न स्थानमा सञ्चालन गरेको फुड बैंकमार्फत् चार सय २१ नागरिकलाई खाद्यान्न सामग्री सहयोग गरेको छ।
कोरोना भाइरस संक्रमणको बढ्दो जोखिममा लागू गरिएको निषेधाज्ञाका कारण समस्यामा परेका असहाय, गरीब र विपन्न वर्गका नागरिकका लागि फुड बैंक स्थापना गरी खाद्य सामग्री वितरण गरिएको क्लबका अध्यक्ष खिमबहादुर केसीले बताए।
पहिलो चरणको कार्यक्रमका लागि विभिन्न सङ्घसंस्था, व्यक्ति, सामाजिक व्यक्तित्व, जनप्रतिनिधिलगायतबाट १ लाख ९० हजार सङ्कलन भई राहत वितरण गरिएको आर्थिक समितिका संयोजक दीपेन्द्रप्रसाद भट्टराईले जानकारी दिए।
निषेधाज्ञा लागू भएपछि काम नै बन्द हुन पुग्दा बिहान साँझको हातमुख जोर्न समस्यामा परेका बेला खाद्य सामग्री पाएपछि राहत पुगेको प्रेम थपलियाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।