चितवन-चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौडा उपमहानगरपालिका १५ का ५८ वर्षीय पुरुष रहेको कलेजले जनाएको छ ।
कलेजद्वारा सञ्चालित अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार ज्वरो र खोकी आएका कारण यही भदौ १४ गते अस्पताल भर्ना भएका उनको १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको आज विहान उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ।
यससँगै जिल्लामा मृत्यु हुनेको संख्या १७ पुगेको छ। जसमा चितवनका ९ जना, मकवानपुरका ४ जना, बारा, गोर्खा, कैलाली र नवलपरासीपूर्वका १÷१ जना छन्। जिल्लाका ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।