काठमाडौं-अस्ट्रेलियाका लेग स्पिनर एडम जाप्पाले रोयल च्यालेन्जर्स बेंग्लोरबाट इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने भएका छन्।
बेंग्लोरले जाम्पालाई आफ्नो टिममा अनुबन्धित गरेको हो।
जाम्पालाई अस्ट्रेलियाकै तीव्र गतिका बलर केन रिचार्डसनको स्थानमा ल्याएइको बेंग्लोरले जानकारी दिएको छ। जाम्पालाई टिममा भित्र्याएसँगै अब बेंग्लोरमा पाँच जना स्पिनर भएका छन्। जसमा जाम्पासँगै युजभेन्द्र चाहल, वासिङटन सुन्दर, मोइन अली, पवन नेगी र शाहबाज अहमद छन्।
रिचार्डसनले यो सिजनको आइपिएल छोड्नुको मुख्य कारण जन्मिने उनको पहिलो सन्तान हो। आफ्नो पहिलो सन्तानको जन्म हुन लागेको भन्दै यो पटकको आइपिएल नखेल्ने उनले क्लबलाई जानकारी गराएका थिए।
जाम्पाले यो दोस्रो पटक आइपिएल खेल्न लागेका हुन्। यसअघि उनले पुनेबाट आइपिएल खेलेका थिए। जसमा ११ खेलबाट १९ विकेट लिएका थिए। यो पटकको आइपिएलमा भने उनको बेस प्राइज १.५० करोड भारतीय रुपैयाँ तोकिएको थियो। तर २०१९ को डिसेम्बरमा भएको अक्सनमा उनलाई कुनै क्लबले अनुबन्धित गरेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।