काठमाडौं-इंग्ल्यान्डका टेस्ट क्रिकेट टिमका कप्तान जोइ रुटले अस्ट्रेलियासँगको टि–२० क्रिकेट सिरिज नखेल्ने भएका छन्।
घाइते देखिएका रुटले पाकिस्तानसँगको जारी टि-२० क्रिकेट सिरिज पनि खेलेनन्। तर अस्ट्रेलियासँगकै एकदिवसीय सिरिज भने खेल्नेछन्। सेप्टेम्बर ४ तारिखबाट अस्ट्रेलिया र इंग्ल्यान्डबीचको तीन खेलको टि-२० क्रिकेट सिरिज सुरु हुँदैछ। तीन खेलकै एकदिवसीय सिरिज भने ११ सेप्टेम्बरबाट सुरु हुनेछ।
टि-२० र एकदिवसीय गरी दुवै सिरिजमा भने क्रिस वोक्ससँगै जस बटलर, जोफ्रा आर्चर, साम करन र मार्क परेका छन्। बेन स्टोक्सले भने अस्ट्रेलियासँगको दुवै फर्म्याटको क्रिकेट सिरिज गुमाउने छन्। उनी पाकिस्तानसँगको टेस्ट क्रिकेट सिरिजको दोस्रो र तेस्रो खेल छोडेर न्युजिल्यान्ड गएका थिए। बिरामी बाबुलाई भेट्न बेन स्टोक्स पाकिस्तानसँगको टेस्ट सिरिज चलिरहेकै बेला गएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।