काठमाडौं–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ।
सोमबार राति कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा मन्त्री घिमिरेको कोरोना रिपोर्ट पोजिटिभ आएको उनले बताए।
मन्त्री घिमिरेको स्वास्थ्य अवस्था सामान्य नै रहेको छ ।
‘कुनै लक्षण छैन हिजैदेखि होम आइसोलेसनमा छु,’ उनले भने ‘समुदायबाटै संक्रमण भएको हुनसक्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।