• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोभिड र ननकोभिड बिरामी एकैठाउँ राखेर उपचार गर्दै वीर अस्पताल

जोखिम बढेको भन्दै बिरामी त्रसित, सुरक्षा माग्दा राजीनामा देऊ भन्छन् : कर्मचारी
कमला गुरुङ सोमबार, भदौ १५, २०७७  १८:०६
1140x725

काठमाडौं– वीर अस्पतालमा कोभिड र ननकोभिड बिरामीलाई एकै ठाउँमा राखेर उपचार गरेको पाइएको छ। 

अस्पतालको युरो ट्रान्जिसनल वार्डमा कोभिड र ननकोभिड बिरामीलाई एकै ठाउँमा राखेर उपचार गरिएको पाइएको हो।

यति मात्र होइन, कोभिड र ननकोभिड बिरामीलाई एउटै स्वास्थ्यकर्मीले उपचार गर्ने गरेको समेत पाइएको छ। 

कोभिड र ननकोभिडका बिरामीलाई एकै ठाउँमा राखेर उपचार गर्दा जोखिम बढेको भन्दै बिरामी र स्वास्थ्यकर्मी त्रसित भएका छन्। कोभिड र ननकोभिड बिरामीले प्रयोग गर्ने शौचालय समेत एउटै छ। 

‘पिसाब सम्बन्धी समस्याको उपचार गर्न आएको तर यहाँ त अस्पतालले नै कोरोना सरिदिने भयो,’ वार्डमा उपचाररत एक बिरामीले भने, ‘यो अस्पतालको चरम लापरबाही हो।’ उनले अस्पतालको लापरबाहीका कारण आफूसहित अन्य बिरामी र बिरामीका आफन्त खतरामा रहेको जानकारी दिए।

युरो ट्रान्जिसनल वार्डमा ननकोभिड बिरामी भए पनि बीचमा सानो ढोका मात्र राखेर कोभिडका बिरामी राखेको अस्पतालका एक कर्मचारी बताउँछन्। कोभिडका बिरामीलाई राखिएको कोठा साँघुरो र पुरानो छ।

ती कर्मचारीका अनुसार उक्त वार्डमा ननकोभिडका ८ जना र कोभिडका ५ जना संक्रमित उपचाररत छन्। स्वास्थ्यखबरले उक्त वार्डमा पुगेर संक्रमित र ननकोभिड बिरामी राखिएको स्थानको भिडियो समेत खिचेको छ। 

तर, अस्पतालको कोभिड फोकल पर्सन डा अच्युत कार्कीले कोभिड र ननकोभिड बिरामीलाई एकै ठाउँ नराखिएको बताए। कोरोना संक्रमितलाई नभई कोरोनाका शंकास्पद बिरामीलाई त्यहाँ राखिएको उनले बताए। यद्यपि, दुवैको वार्ड छुट्टाछुट्टै रहेको भए पनि उनीहरुले प्रयोग गर्ने शौचालय भने एउटै रहेको उनले बताए।

nimb
nimb
Ncell 2
Ncell 2

कोभिड र ननकोभिड बिरामीलाई एउटै स्वास्थ्यकर्मीले उपचार गर्नुपरेको भने उनी स्वीकार्छन्। 

अस्पतालको भौतिक संरचना कोरोनाको उपचारका लागि सही नभएकाले दुवैलाई व्यवस्थापन गर्न समस्या भएको उनले स्वीकार गरे। 

उनले भने, ‘दुवै बिरामीलाई एकै ठाउँमा राखेका छैनौं। शंकास्पद बिरामीलाई राखेको हो तापनि वार्ड फरक छ। तर उनीहरुले प्रयोग गर्ने शौचालय एउटै छ। एउटै स्वास्थ्यकर्मीले उनीहरुको उपचार गर्नुपर्छ। हाम्रो भौतिक संरचनाले पनि दिँदैन। त्यसैले दुवैलाई व्यवस्थापन गर्न समस्या भएको छ।’

अस्पतालको व्यवस्थापकीय कमजोरी र लापरबाहीले जोखिम 
अस्पताल प्रशासनको व्यवस्थापकीय कमजोरी र लापरबाहीले आफूहरु जोखिममा पर्दै गएको वीर अस्पतालका कर्मचारीहरुले बताएका छन्। कन्ट्याक्ट ट्रेसिङ र क्वारेन्टाइनको व्यवस्थापन राम्रो व्यवस्थापन नहुँदा स्वास्थ्यकर्मीहरु संक्रमित हुँदै गएको उनीहरु बताउँछन्। 

अस्पतालको लापरबाहीले कोरोना जोखिम बढदै गएको भन्दै एक कर्मचारी भन्छन्, ‘यहाँ क्वारेन्टाइन र आइसोलेसनको राम्रो व्यवस्था छैन। संक्रमित स्वास्थ्यकर्मीको प्राइमरी र सेकेन्डरी सम्पर्कमा आएकाहरुको राम्रोसँग कन्ट्याक्ट ट्रेसिङ पनि गरिएको छैन।

अस्पतालका कर्मचारी युनियनले पटकपटक यस विषयमा आवाज उठाउँदा पनि सुनुवाइ नभएको उनी बताउँछन्। 

अस्पतालले सुन्धारास्थित एक होटलमा स्वास्थ्यकर्मीका लागि क्वारेन्टाइनको व्यवस्था गरेको थियो। तर उक्त क्वारेन्टाइन व्यवस्थित नभएको, खाना र बस्ने राम्रो व्यवस्था समेत नभएकोले स्वास्थ्यकर्मीहरु होम क्वारेन्टाइनमा बसेको उनले बताए। 

अस्पतालले पिपिई पजि आवश्यक मात्रामा उपलब्ध नगराएको, मास्क र ग्लोब्सको अभाव भएको र कोभिड भत्ता समेत नदिएको उनीहरुको गुनासो छ। 

उनले भने, ‘एउटा ग्लोब्स धोएर लगाउनुपर्छ। पिपिई समेत आवश्यक मात्रामा दिइएको छैन। कोभिड भत्ता छैन। यो विषयमा आवाज उठाउँदा उल्टै राजीनामा देऊ भन्छन्।’

उनका अनुसार वीर अस्पतालका केही कर्मचारीहरुले राजीनामा दिने समेत तयारी गरेका छन्। उनी भन्छन्, ‘अस्पतालका निर्देशक, प्रशासन र कोभिड टिम कसैले पनि यो विषयमा वास्ता गरेको छैन। यस्तै भयो भने सयौंको संख्यामा स्वास्थ्यकर्मीहरु कोरोना पोजेटिभ हुन्छन्।’

हालसम्म वीर अस्पतालको सिटी स्क्यान, एमआरआई, डेन्टल, इएनटी, प्याथोलोजी, कार्डियो, इमर्जेन्सी, एकाउन्ट शाखामा कोरोना देखिनुका साथै हाउस किपिङ र सरसफाइ कर्मचारीमा पनि कोरोना भेटिएको ती कर्मचारी बताउँछन्।  

न्याम्स अन्तर्गतका हालसम्म ४७ जना स्वास्थ्यकर्मी संक्रमित भएको अस्पतालका कोभिड फोकल पर्सन डा कार्कीले बताए। उनका अनुसार हाल ४० जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा छन्। वीर अस्पतालमा हाल ४४ जना कोरोना संक्रमितको उपचार भइरहेको उनले जानकारी दिए। 

कोरोना संक्रमितको उपचारका लागि हाल १ सय ११ शय्या तयारी अवस्थामा राखिएको उनले बताए। स्वास्थ्यकर्मीहरुले कन्ट्याक्ट ट्रेसिङ व्यवस्थित नभएको गुनासो गरे पनि उनी भने राम्रो गरेको दावी गर्छन्। उनले भने, ‘हामीले कन्ट्याक्ट ट्रेसिङ गरिरहेका छौं। सबैको सूची बनाएका छौं। सबैको एकै पटक गर्न पनि सम्भव छैन।’

अस्पतालले भने सरकारले छुट्याएको बजेट अनुसार नै क्वारेन्टाइनको व्यवस्था गरेको बताउँदै आएको छ। 

सुरक्षित व्यवस्थापन मापदण्ड पूरा गर्न कर्मचारी युनियनको माग
कोभिड–१९ को सुरक्षित व्यवस्थापनका मापदन्डहरु पूरा गर्न वीर अस्पतालका कर्मचारी युनियनले माग गरेका छन्। 

अस्पतालको व्यवस्थापकीय कमजोरी र लापरबाहीले संक्रमणको जोखिम बढ्दै गएको भन्दै युनियनले सोमबार एक विज्ञप्ति जारी गरी कोभिड–१९ को सुरक्षित व्यवस्थापनका मापदण्ड पूरा गर्न माग गरेको हो। 

उनीहरुले कोभिडको व्यवस्थापनमा खटिने सम्पूर्ण स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई ग्लोब्स, मास्क, पिपिई, फेस सिड एवं सेनिटाइजर नियमित उपलब्ध गराउन माग गरेका छन्। 

यस्तै, संक्रमित कर्मचारीका लागि उचित सुविधासम्पन्न आइसोलेसन तथा उपचारको व्यवस्था मिलाउनुका साथै कन्ट्याक्ट ट्रेसिङ गरी पिसिआर परीक्षणको व्यवस्था मिलाउन र आवश्यकता अनुसार कर्मचारीहरुका लागि व्यवस्थित क्वारेन्टाइनको व्यवस्थापन गर्नुपर्ने माग गरेका छन्। 

वीर अस्पतालका इन्टरनल विभागका एक चिकित्सकलाई साउन २२ गते पहिलो पटक कोरोना पुष्टि भएको थियो।

कोभिड र ननकोभिड बिरामी दुवैको उपचार गर्नुपर्ने भएकाले पनि चुनौती धेरै भएको अस्पतालले जनाएको छ।  

कोरोना महामारी हुनुअघि वीर अस्पतालमा २५ सयदेखि ३ हजारसम्म बिरामी सेवा लिन पुग्ने गर्थे। हाल ३ सयदेखि ४ सयसम्म बिरामी मात्र अस्पताल आउने गरेको उनले जानकारी दिए। 

वीर अस्पतालमा हाल कर्मचारी र रेसिेडेन्ट गरी १६ सय कर्मचारी छन् भने सरकारी कर्मचारी १२ सय २८ जना छन्। 

प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७  १८:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न?
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्