फाइल तस्बिर
काठमाडौं- सरकारले चार्टर प्लाइटमार्फत् ल्याउने कामदारको संख्या बढाउने निर्णय गरेको छ। यसअघि उद्धार विमानबाट दैनिक ५ सय कामदार ल्याउने निर्णयलाई परिमार्जन गरी दैनिक ८ सयसम्म ल्याउने निर्णय गरिएको हो।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले नागरिकहरुको पूर्व व्यवस्थापनको गरी चार्टर विमानबाट ल्याउने निर्णय गरेको हो। क्वारेन्टाइनको व्यवस्था पर्यटन मन्त्रालयलाई जिम्मेवारी दिइएको छ भने सुरक्षाको व्यवस्था सेनालाई दिने निर्णय गरिएको छ।
पिसिआर परीक्षण नहुने साउदी अरब, कुबेतबाट आउनैपर्ने नागरिक भए उनीहरुले दूतावासको सिफारिस लिनुपर्ने बताइएको छ। दूतावासको सिफारिसमा आफ्नै खर्चमा आउने व्यवस्था गरिएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।