चितवन–भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित एक पुरुषको आज मृत्यु भएको छ। अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको आज बिहान ७.२० बजे मृत्यु भएको हो।
भदौ २ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई सास फेर्न समस्या भएपछि ६ गते उपचारका लागि भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरिएको थियो।
योसँगै चितवनमा १३ कोरोना संक्रमितको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा चितवनका छ जना रहेका छन्। तीमध्ये एक जनाको घरमै मृत्यु भएको हो भने अन्यको अस्पतालमा मृत्यु भएको थियो । यस्तै मकवानपुरका तीन, कैलाली, गोरखा, बारा र सुस्ता पूर्व नवलपरासीका एक÷एक जना रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।