काठमाडौं– बुटवल उपमहानगरपालिकाले लकडाउनको समयावधि बढाएको छ। आइतबारसम्मका लागि निर्धारित गरिएको लकडाउनको अवधि भदौ २० सम्मको लागि बढाइएको हो।
बुटवल उपमहानगरमा संक्रमण तिव्र गतिमा फैलिइरहेको जनाउँदै भदौ २० को मध्यरातसम्म लकडाउन बढाइएको उपमहानगरले जनाएको छ।
लकडाउनमा अत्यावश्यकबाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। खाद्य पसल बिहान ६ देखि ९ बजेसम्म र साँझ ४ः३० देखि दुई घन्टा मात्र खोल्न पाइने उपमहानगरले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।