काठमाडौं- सरकारले कोरोना भाइरस परीक्षणमा तिर्नुपर्ने शुल्क परिमार्जन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले अधिकतम शुल्क ४ हजार ४ सय शुल्क तोकिएको बताए।
पहिले एक जना व्यक्तिले पिसिआर परीक्षण गर्न ५ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने व्यवस्था थियो।
‘बजारमा किटलगायत परीक्षण सामग्रीको मूल्य घटेसँगै परीक्षण शुल्क पनि घटाइएको हो। पछि पनि शुल्क परिमार्जन भइरहन्छ,’ उनले भने।
स्वास्थ्य मन्त्रालयले आइतबारदेखि लागू हुने गरी नयाँ शुल्क लागू गरेको जनाएको छ।
देशभर ११ निजीसहित ४५ वटा प्रयोगशालामा कोरोना परीक्षणका लागि पिसिआर परीक्षण हुन्छ। तर, सरकारी संस्थामा भने निःशुल्क परीक्षण हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।