काठमाडौं- कोरोना संक्रमितको संख्या बढेसँगै आइसियूमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर १ सय ६१ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत छन्।मन्त्रालयको तथ्यांक अनुसार १७ जना भेन्टिलेटरमा र १४४ जना संक्रमित आइसियूमा उपचाररत रहेका छन् ।
आइसियूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ७० जना आइसियू र १२ जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै प्रदेश १ मा १७ जना आइसियू र ३ जना भेन्टिलेटरमा रहेका छन्।
मन्त्रालयको तथ्यांक अनुसार प्रदेश २ मा ३८, प्रदेश ५ मा १६ आइसियू र २ जना भेन्टिलेटरमा, र सबै भन्दा थोरै गण्डकी प्रदेशमा ३ संक्रमित आइसियूमा उपचाररत रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।