काठमाडौं- पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४२९ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ हजार ४ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।
शनिबार काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। योसँगै काठमाडौंमा ४ हजार ३ सय ३२, ललितपुरका ६१८ र भक्तपुरमा ४७६ संक्रमित पुगेका छन्।
हालसम्म देशभरबाट २० हजार ८ सय २२ जना निको भएर घर फर्किएका छन्। यो कूल संक्रमितको ५४ प्रतिशत हो।
हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ छ। संस्थागत आइसोसलेनमा १० हजार ६१२ छन् भने होम आइसोलेसनमा ६ हजार ९ सय ६ जना छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।