काठमाडौं- अनलाइन डेलिभरी सेवा दिँदा अपनाउनु पर्ने मापदण्ड तयार गर्न एक समिति गठन गरिने भएको छ। काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सो समिति गठन हुने भएको हो।
केही दिनखघि अनलाइन डेलिभरी गर्ने ८० जनाभन्दा बढीलाई प्रहरीले पक्राउ गरेपछि डेलिगसनमा रहँदै आएका अनलाइन सेवा प्रदायकहरूसँग यस्तो सहमति भएको हो।
समितिमा वाणिज्य विभाग, स्वास्थ्य कार्यालय र नेपाल प्रहरीको एक/एक जना अधिकृत प्रतिनिधि रहने छन्। समितिले तत्कालै मापदण्ड तयारी गरी पेस गर्ने कार्यादेश पाएको छ।
मापदण्डमा दुई पांग्रे र चार पांग्रे सवारी साधन चालकका साथै सम्बन्धित पक्षले पालना गर्नुपर्ने नियमबारे व्यवस्था गरिनेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।