• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

एकै घरका १४ जनामा कोरोना संक्रमण

64x64
नेपाल लाइभ आइतबार, भदौ १४, २०७७  १४:४८
1140x725

काठमाडौं- रामेछापबाट मध्यपुरथिमि नगरपालिका–९ बोडे कृषि विकास बैंकको तालिम भवन नजिकै जग्गा भाडामा लिएर जस्ताको सानो दुईवटा टहरा बस्दै आएर एक श्रेष्ठ परिवारका पुरुषलाई यही भदौ ४ गते कोरोना संक्रमण पुष्टि भयो। सानो दुईवटा टहरामा बस्दै आएका १४ जनाको परिवार, एउटै भान्छा र शौचालयको प्रयोग अन्ततः परिवारकै संक्रमणको कारक बन्न पुग्यो। 

सामान ओसारपसारको व्यवसाय गर्दै आएका ती पुरुषमा भदौ ४ मा कोरोना पुष्टि भएपछि पाटन अस्पतालमा उपचाररत नै छन्। भदौ ७ मा नागरिक अस्पतालमा अन्य पाँच जनाको पिसिआर गरियो। उनीहरुको रिपोर्ट पनि पोजेटिभ आयो। भदौ ७ मा निजामती अस्पतालमा भर्ना भएकी संक्रमितकी छोरी ८ गते सुत्केरी भइन् र ९ गते डिस्चार्ज भइन्। बुबालाई कोरोना संक्रमण भएर पाटन अस्पताल लगेपछि सोही अस्पतालमा ५ हजार ५००  तिरेर उनले पनि १० गते पिसिआर गरे।

११ गते सुत्केरीमा पनि संक्रमण देखियो। परिवारका अन्य १० जनाको पनि वडा कार्यालयको समन्वयमा ९ गते नेपाल कोरिया नगरपालिका मैत्री अस्पतालमा पिसिआर गरियो। अन्ततः परिवारका सबैमा कोरोना संक्रमण देखियो। उनीहरुलखदन खलाई कहाँ जाने र के गर्नेको अवस्थामा पुर्‍यायो।

‘बुबालाई शुरुमा कोरोनासँग मिल्ने लक्षण देखियो। साधारण रुघा, ज्वरो होला भनेर घरमै बसियो, कम नभएपछि कोरोना परीक्षण गराउँदा तीन दिनमा रिपोर्ट आयो। लक्षण देखेर रिपोर्ट आउने बेलासम्ममा घरमा बसेको एक साता भइसकेको थियो। त्यसपछि बल्ल उहाँलाई उपचारका लागि पाटन अस्पताल लगियो,’ परिवारका एक सदस्य भने।  

जनस्वास्थ्य कार्यालयले घरमै बस्नू कहीँ नजानू भनेपछि परिवार सबै घरमै बसेका थिए। सङ्क्रमित एउटै टहरामा परिवारसँगै बस्दा साँघुरो कोठा, एउटै भान्छा, एउटै शौचालयबाटै परिवारका अन्य सदस्यमा पनि कोरोना संक्रमण भएको अनुमान जिल्ला स्वस्थ्य कार्यालयको छ। 

एकबाट १४ जनामा संक्रमण फैलिनु त्यो परिवारका लागि निकै कष्टकर समय थियो। चार दिन र तीन महिनाका दुई सुत्केरी, ७, ८ र ११ वर्षका तीन बालबालिका, ७५ वर्षका एक वृद्धासहित उनीहरुको परिवारलाई न दिनमा भोक, न रातमा निद्राझैं भएको बेलामा अर्को आपत्ति आइलाग्यो। वडाध्यक्षसहितको जनप्रतिनिधि र स्थानीय केही व्यक्तिले टोलमा संक्रमण फैलिन सक्छ भन्दै प्रहरीकै अगाडि घर छाड्न दबाब दिन थालेको बताइएको छ।

‘एकातिर जनस्वास्थ्य कार्यालयले घर नछाड्नु अन्त पठाउन सकिन्न भन्छ, अर्कोतर्फ स्थानीय घर छाडेर उपचारमा जाओ भन्छन्, उपचार गर्न कसलाई मन हुँदैन र? अब के गर्ने? कहाँ जाने? त्यही बेलामा वडाध्यक्षले बोलाएको भन्दै १०२ को एम्बुलेन्स आएपछि सबैले दबाब दिए, हामी बाध्य भएर एम्बुलेन्स चढ्यौं,’ परिवारकी एक महिलाले भनिन्। 

एम्बुलेन्स विद्युत् प्राधिकरणको खरिपाटीस्थित आइसोलेसनमा पुगेर बच्चासहितको परिवार ओर्लियो। यसपछि स्वाथ्यकर्मीलाई तनाव भयो। भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले यस्तो विपद्‌मा बच्चा बोकेर सुत्केरी आइसोलेसनमा आउनु पीडादायक भएको बताउँदै सुत्केरीलाई स्याहार नहुने भएकाले घरमै फर्काउन माथिल्लो निकायसम्मलाई भन्नुपरेको बताइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

स्वास्थ्यकर्मीले घर फर्किन भनेपछि सङ्क्रमितका परिवार झन् पीडामा पुगे। गाउँले घर नबस भन्छन्, आइसोलेसनका स्वास्थ्यकर्मी यहाँ नबस भन्छन्, अब जाने कहाँ, महिला, बालक र ज्येष्ठ नागरिकको मनमा निकै पीडा भयो। अन्तत: शुक्रबार राति ९ बजे पुनः एम्बुलेन्समा राखेर सबै परिवारलाई बोडेस्थित टहरामै फर्काइयो।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सङ्क्रमितलाई सहयोग गर्नुपर्नेमा स्थानीयबासीले नै घर छोड्न दबाब दिएको थाहा पाएपछि तत्काल प्रहरीलाई उनीहरुको घरमै बस्ने व्यवस्था मिलाउन र अवरोध गर्नेलाई कारवाही गर्न भनेपछि राति उनीहरुलाई फर्काइएको जानकारी दिए। उनले विपद‌्‌मा एकले अर्कालाई सहयोग गर्नुपर्नेमा अपहेलना गर्नु कानूनविपरीत रहेको जनाउँदै मानिसमा मानवता हराउँदै गएको आभाष भएको बताइन्। बोडेका सङ्क्रमित परिवारलाई अहिले वडाध्यक्षसहितका केही स्थानीयबासीले खाद्यान्नलगायतका सामग्री सहयोग गरेको र उनीहरुलाई भित्रै बस्न भनिएको छ। 

आइसोलेसनमा सुत्केरीको स्याहार नपुग्ने भएकाले घरमै फिर्ता गर्नुपरेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले बताए। सरकारको नीतिअनुसार पनि होम आइसोलेसनमा बस्नुपर्ने भएकाले सबैलाई आइसोलेसनमा राख्न नसकिने उनले जानकारी दिए।

मध्यपुरथिमि नगरपालिका–९ का अध्यक्ष रामकाजी चक्रधरले जनप्रतिनिधि र स्थानीयबासीको गलत नियत नभएको दाबी गरे। उनले भने, ‘सुत्केरी र बालबालिका भएकाले एउटै टहरामा एउटै भान्छा, एउटै शौचालयले थप समस्या पार्न सक्छ भनेर आइसोलेसनमा पठाउने व्यवस्था गरेका हौं, तर निकाल्यो भनेर हल्ला गरेछन्, अहिले हामीले नै उनीहरुलाई सहयोग गरिरहेका छौं।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भक्तपुरको बोडेमा तीनभन्दा बढी परिवार, लोकन्थली, गठ्ठाघर, बालकोट, पाण्डुबजार, कटुञ्जे, सूर्यविनायक, सिपाडोल, मध्यपुरथिमि, बागेश्वरीलगायतका क्षेत्रमा परिवारमा सङ्क्रमण फैलिएको स्वास्थ्य कार्यालयका प्रमुख मिजारले जानकारी दिए। उनका अनुसार सङ्क्रमित परिवार होमआइसोलेसनमा बसेको जनाउँदै यसरी बस्नेको एउटै भान्छा र शौचालय प्रयोग गर्दा परिवारमा सङ्क्रमण फैलिएको पाइएको उनको भनाइ छ।

प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७  १४:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्