काठमाडौं-पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ललितपुरका २९ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।
साउन २८ गतेदेखि अस्पतालमा उपचाररत संक्रमित पुरुषको शनिबार राति १० बजे मृत्यु भएको हो।
शनिबार दिउँसो ४ बजेसम्म नेपालमा १२ जना संक्रमितको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको थियो।
पछिल्लो केही दिनयता नेपालमा संक्रमितको मृत्युदर बढ्दै गएको छ। स्वास्थ्य मन्त्रालयको शनिबार साँझसम्मको तथ्यांक अनुसार नेपालमा २०७ संक्रमितको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।