• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २८, २०८२ Sat, Jul 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
स्वास्थ्यकर्मी दम्पती अनि बने संक्रमित
सिर्जना खत्री शनिबार, भदौ १३, २०७७  १५:३२
1140x725

काठमाडौं- वीरगञ्जस्थित नारायणी अस्पतालको पिडियाट्रिक वार्डमा कार्यरत नर्सिङ इन्चार्ज सुभद्रा चौधरी दोस्रो पटक कोरोना संक्रमित भइन्। 

उनी पहिलो पटक संक्रमण भई निको भएको करिब डेढ महिनापछि पुनः संक्रमित भएकी हुन्। सुभद्रालाई दोस्रो पटक संक्रमण हुँदा उनका श्रीमान् तथा सिमराको जितपुर उपमहानगरपालिकाका स्वास्थ्य संयोजकसमेत रहेका रविकुमार भास्कर पनि संक्रमित भए।

रविको साउन २२ गते कोरोना संक्रमण पुष्टि भएको हो भने सुभद्रालाई साउन २५ गते दोस्रो पटक संक्रमण पुष्टि भएको हो।  

सुभद्रा दम्पती संक्रमित भएको २० दिनभन्दा बढी भइसकेको छ। रविमा ज्वरो आउने, खोकी लाग्ने जस्ता लक्षण देखिएका छन् भने सुभद्रामा कुनै पनि लक्षण देखिएका छैन। पहिलो पटक जब उनी संक्रमित भएकी थिइन्, त्यो बेला पनि उनमा कुनै लक्षण देखिएको थिएन। 

कोरोना संक्रमण पुष्टि भइसकेपछि दुवै जना होम क्वारेन्टाइनमा बस्ने निधो गरे र संक्रमण भएको ४/५ दिनसम्म होम क्वारेन्टाइनमा नै बसे। रविलाई एक्कासि श्वास फेर्न अप्ठ्यारो महसुस भयो। तुरुन्त गण्डक कोभिड अस्पतालमा फोन गरे र एम्बुलेन्स पठाउन आग्रह गरे। तर एम्बुलेन्स जिल्ला बाहिर गएकोले तुरुन्त आउन नसक्ने भनेपछि श्रीमान–श्रीमती बाइकमा कोभिड अस्पताल पुगे। 

त्यहाँ एक हप्ता बसेर उपचार गराइसकेपछि उनीहरु पुनः होम आइसोलेसनमा नै बस्ने निधो गरेर त्यहाँबाट फर्किए। अहिलेसम्म गरेर उनीहरुले तीन पटक पिसिआर परीक्षण गराइसकेका छन्। तीन पटक नै गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको छ। अब एक हप्तापछि परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आउने आशा दुवैको छ। 

दुई हप्तादेखि घरबाहिर पनि ननिस्केकाले आफूलाई श्रीमती सुभद्राबाटै संक्रमण सरेको रविको अनुमान छ। 

‘सुभद्रा दिनभर अस्पतालमा काम गर्न जान्थिन्। त्यहाँ उनका साथीहरू पनि संक्रमित भएका छन्। कोरोना संक्रमितको कन्ट्याक्टमा आएको ५/६ दिनमा मात्रै राम्रो रिजल्ट आउँछ भन्छन्,’ उनी भन्छन्, ‘मलाई पहिलेदेखि कतै संक्रमण त सरेको छैन भनेर शंका लागेको थियो। पिसिआर गराएर आएकोले केही पनि भनेको थिएन। तर दुवै जनालाई संक्रमण भयो।’ 

Ncell 2
Ncell 2

सुभद्रा कसरी भइन् दुई पटक संक्रमित?
सुभद्रा नारायणी अस्पतालको पिडियाट्रिक वार्डको नर्सिङ इन्जार्जका रुपमा कार्यरत छिन्। विश्वमा कोरोना महामारी सुरु भएसँगै नारायणी अस्पतालले पनि अस्थायी कोरोना अस्पताल बनायो र संक्रमितको उपचार सुरु गर्‍यो। अस्पतालले संक्रमितको उपचार गर्नको लागि अस्पतालमै भएका कर्मचारीलाई पालैपालो ड्युटीमा खटाउने निर्णय गर्‍यो। 

त्यसमा सुभद्राको नाम पनि सामेल थियो। उनको वैशाख दोस्रो हप्तामा कोरोना संक्रमितको उपचारमा खटिने ड्युटी परेको थियो। पहिले नै कोरोना रोगको बारेमा अस्पतालले जानकारी दिनुका साथै आफूलाई कसरी सुरक्षित राखेर उपचारमा खटिने भन्ने विषयमा तालिम दिइसकेको थियो। त्यही कारणले पनि संक्रमितको उपचारमा खटिन सुभद्रालाई डर लागेन। 

उनी भन्छिन्, ‘अस्पतालले पूरै तयारी गरेको थियो। आफूलाई सुरक्षित राखेर उपचार गर्न पिपिई सेट दिएको थियो। र, त्यो बेलामा संक्रमित पनि धेरै थिएनन्। जति पनि संक्रमित थिए। उनीहरुलाई कुनै लक्षण देखिएको थिएन। त्यसैले पनि संक्रमितको उपचारमा खटिन डर लागेन।’ 

त्यहाँ सुभद्रालाई दैनिक रुपमा क्वारेन्टाइनमा जानु पर्दैनथ्यो। किनभने उनले  क्वारेन्टाइनलाई व्यवस्थापन गर्ने जिम्मा पाएकी थिइन्। अस्पतालले सबै कर्मचारीलाई पालैपालो ड्युटीमा खटाउने भएकोले एक हप्तामा काम गरिसकेपछि केही समय क्वारेन्टाइनमा बसेर बिदा पाउँथे कर्मचारीले। त्यसैले एक हप्ता काम गरिसकेपछि केही समय क्वारेन्टाइनमा बसेर पिसिआर गरी बिदामा बस्ने सोचेकी थिइन् तर पिसिआर परीक्षण गर्दा कोरेना पोजेटिभ आयो। 

उनी भन्छन्, ‘कुनै लक्षण थिएन। म आइसोलसनभित्र गएर संक्रमितसँग एक्सपोज पनि भएकी थिइनँ। एक दिन भने स्वाब निकाल्ने बेलामा सहयोग गर्न छिरेकी थिएँ। त्यो बेलामा पनि पिपिई लगाएर गएको थिएँ। कहाँबाट संक्रमण सर्‍यो, आफैंलाई थाहा छैन।’ उनमा कहाँबाट कोरोना संक्रमण भयो उनी आफैं अचम्ममा छिन्। 

उनलाई वैशाख ३१ गते पहिलो पटक कोरोना संक्रमण देखिएको थियो। त्यसको १० दिन आइसोलेसनमा बसिसकेपछि पिसिआर परीक्षण गर्दा कोरोना नेगेटिभ देखियो। त्यसपछि पुनः एक हप्ता होम क्वारेन्टाइनमा बसेर काममा फर्केकी थिइन्। 

दोस्रो संक्रमण 
कोरोना निको भएर पुनः काम फर्केपछि अस्पतालकै पिडियाट्रिक वार्डमा नै काम सुरु गरिन्। वार्डमा बिरामीको भीडभाड नै थियो। एक जना बच्चा अस्पतालमा राख्नुपर्यो‍ भने ५ जना आफन्त आउने गर्थे। उनीहरु कति पनि डराउँदैनथे। अस्पतालमा आउने धेरैजसो मानिस मास्क नलगाई आउने गरेको उनी सम्झिन्छन्।

‘उनीहरुलाई सम्झाउँदासम्झाउँदै हामी हैरान भयौं,’ सुभद्र भन्छिन्, ‘जति सम्झाए पनि मास्क नलगाई आउने क्रम बन्द भएन र अस्पतालका स्वास्थ्यकर्मी पनि संक्रमित हुने क्रम बढ्दै गयो।’ उनको आशंका छ, त्यहींबाट दोस्रो पटक संक्रमण सरेको हुन सक्छ। दोस्रो पटक संक्रमण हुँदा पनि उनलाई कुनै लक्षण भने देखिएन। 

साउन अन्तिमबाट सुभद्राको ड्युटी गण्डक कोभिड अस्पतालमा परेको थियो। त्यसैले एक हप्ता बिदामा थिइन्। बिदा बस्नुभन्दा अगाडि पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आएको थियो। 

परिवारका ५ जना संक्रमित 
साउन १९ गते रक्षाबन्धन परेको र दुई महिनादेखि घर नगएकोले रक्षा बन्धन मनाउन सुभद्र र उनका पति रवि कलैयास्थित आफ्नो घर गएका थिए। साउन १९ गते बिहान १० बजे घर गए र त्यहाँ बहिनी, बहिनी ज्वाइँ, भान्जाभान्जी सबै जम्मा भएका थिए। उनीहरु ४-५ बजेसम्म घरमै बसेर साँझ क्वाटर फर्किए। 

रक्षा बन्धनको भोलिपल्टबाट रविलाई हल्का खोकी लाग्न सुरु भयो। त्यसपछि खोकी बढ्यो र ज्वरो पनि बढ्न थाल्यो। ‘त्यसपछि मलाई कतै कोरोना त भएन भनेर शंका लाग्यो अनि तुरुन्तै पिसिआर गर्न स्वाब दिएँ,’ उनले भने। 

साउन २२ मा रविलाई कोरोना संक्रमण पुष्टि भयो। सुभद्रा अस्पतालमा काम गरेर भर्खर मात्र बिदामा बसेको हुनाले पक्कै सुभद्राबाटै नै संक्रमण सरेको अनुमान गरे रविले। उनलाई पनि पिसिआर गर्न लगाए। नभन्दै सुभद्रामा पनि दोस्रो पटक साउन २५ गते कोरोना पोजेटिभ देखियो। 
 
श्रीमान–श्रीमतीमा कोरोना संक्रमण भइसकेपछि परिवारलाई पनि पिसिआर परीक्षण गर्न लगाए। एक हप्तापछि पिसिआर गर्दा दुई जना बहिनी, एक जना बहिनी ज्वाइँ र भान्जा, भान्जीमा पनि कोरोना पोजेटिभ देखियो। उनीहरु सबै होम क्वारेन्टाइनमा बसिरहेका छन्। 

छोरोलाई मामाघर राखेर आइसोलेसनमा काम 
विश्वमा महामारी फैलिनु पहिले नै रवि र सुभद्रा ६ वर्षे छोरोसहित नारायणी अस्पतालको क्वार्टरमा बस्दै आएका थिए। कोरोनाले महामारी रुप लिएसँगै बच्चामा बढी जोखिम हुने भएकोले छोरोलाई माइती छोडेर श्रीमान–श्रीमती क्वाटरमा बस्दै आएका छन्। छोरो माइतीमा राखेपछि सुभद्रालाई आइसोलेसनमा काम गर्न पनि सहज भयो। ४/५ महिना भयो उनीहरुको छोरासँग भेट छैन।

‘कहिलेकाहीं फोनमा कुरा हुन्छ,’ सुभद्राले भनिन्। 

साथीहरुकै व्यवहार फरक
नारायणी अस्पतालले कोरोना अस्पताल बनाएसँगै अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलाई पालोपालो अस्पतालमा खटाएको थियो। सुभद्रा र उनका साथीहरु आइसोलेसनमा काम थालेसँगै अस्पतालका अन्य साथीहरुको व्यवहारमा परिवर्तन पाउन थाले। आइसोलेसनमा काम गर्ने साथीहरुको व्यवहार एकाएक फेरिएको देखिएपछि सुभद्रालाई अचम्म लाग्यो।

‘उनीहरुले हेर्ने दृष्टिकोण नै फेरिएको थियो। परैबाट देखे पनि नदेखेको जस्तो गरेर अर्कै बाटो फर्किने जस्तो व्यवहार देखाउँथे,’ सुभद्रा भन्छिन्, ‘सुरुसुरुमा त रिस पनि उठ्यो, किन यस्तो व्यवहार गरेका होलान् भनेर। तर आजभोलि वास्ता लाग्दैन।’

प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७  १५:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जनचाहनाअनुसार दलहले नीति र नेतृत्व निर्माण गर्नु अहिलेको आवश्यकता हो : सभामुख घिमिरे
वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा दुई जना पक्राउ
एमाले अहिले पनि नौजवान पार्टी हो : भट्टराई
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
जनचाहनाअनुसार दलहले नीति र नेतृत्व निर्माण गर्नु अहिलेको आवश्यकता हो : सभामुख घिमिरे शनिबार, असार २८, २०८२
वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा दुई जना पक्राउ शनिबार, असार २८, २०८२
एमाले अहिले पनि नौजवान पार्टी हो : भट्टराई शनिबार, असार २८, २०८२
गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद शनिबार, असार २८, २०८२
बागलुङमा सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार शनिबार, असार २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी भोलि निर्वाचन आयोग जाँदै शनिबार, असार २८, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी–ट्वान्टी विश्वकप दौडबाट बाहिरियो स्कटल्यान्ड, नेदरल्यान्ड्सलाई इटालीविरुद्ध जित्नैपर्ने दबाब शुक्रबार, असार २७, २०८२
एयर इन्डियाको विमान दुर्घटना: इन्जिन ‘कट-अफ’ को अर्थ र यसको प्रभाव शनिबार, असार २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी भोलि निर्वाचन आयोग जाँदै शनिबार, असार २८, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्