• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

स्वास्थ्यकर्मी दम्पती अनि बने संक्रमित

सिर्जना खत्री शनिबार, भदौ १३, २०७७  १५:३२
1140x725

काठमाडौं- वीरगञ्जस्थित नारायणी अस्पतालको पिडियाट्रिक वार्डमा कार्यरत नर्सिङ इन्चार्ज सुभद्रा चौधरी दोस्रो पटक कोरोना संक्रमित भइन्। 

उनी पहिलो पटक संक्रमण भई निको भएको करिब डेढ महिनापछि पुनः संक्रमित भएकी हुन्। सुभद्रालाई दोस्रो पटक संक्रमण हुँदा उनका श्रीमान् तथा सिमराको जितपुर उपमहानगरपालिकाका स्वास्थ्य संयोजकसमेत रहेका रविकुमार भास्कर पनि संक्रमित भए।

रविको साउन २२ गते कोरोना संक्रमण पुष्टि भएको हो भने सुभद्रालाई साउन २५ गते दोस्रो पटक संक्रमण पुष्टि भएको हो।  

सुभद्रा दम्पती संक्रमित भएको २० दिनभन्दा बढी भइसकेको छ। रविमा ज्वरो आउने, खोकी लाग्ने जस्ता लक्षण देखिएका छन् भने सुभद्रामा कुनै पनि लक्षण देखिएका छैन। पहिलो पटक जब उनी संक्रमित भएकी थिइन्, त्यो बेला पनि उनमा कुनै लक्षण देखिएको थिएन। 

कोरोना संक्रमण पुष्टि भइसकेपछि दुवै जना होम क्वारेन्टाइनमा बस्ने निधो गरे र संक्रमण भएको ४/५ दिनसम्म होम क्वारेन्टाइनमा नै बसे। रविलाई एक्कासि श्वास फेर्न अप्ठ्यारो महसुस भयो। तुरुन्त गण्डक कोभिड अस्पतालमा फोन गरे र एम्बुलेन्स पठाउन आग्रह गरे। तर एम्बुलेन्स जिल्ला बाहिर गएकोले तुरुन्त आउन नसक्ने भनेपछि श्रीमान–श्रीमती बाइकमा कोभिड अस्पताल पुगे। 

त्यहाँ एक हप्ता बसेर उपचार गराइसकेपछि उनीहरु पुनः होम आइसोलेसनमा नै बस्ने निधो गरेर त्यहाँबाट फर्किए। अहिलेसम्म गरेर उनीहरुले तीन पटक पिसिआर परीक्षण गराइसकेका छन्। तीन पटक नै गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको छ। अब एक हप्तापछि परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आउने आशा दुवैको छ। 

दुई हप्तादेखि घरबाहिर पनि ननिस्केकाले आफूलाई श्रीमती सुभद्राबाटै संक्रमण सरेको रविको अनुमान छ। 

‘सुभद्रा दिनभर अस्पतालमा काम गर्न जान्थिन्। त्यहाँ उनका साथीहरू पनि संक्रमित भएका छन्। कोरोना संक्रमितको कन्ट्याक्टमा आएको ५/६ दिनमा मात्रै राम्रो रिजल्ट आउँछ भन्छन्,’ उनी भन्छन्, ‘मलाई पहिलेदेखि कतै संक्रमण त सरेको छैन भनेर शंका लागेको थियो। पिसिआर गराएर आएकोले केही पनि भनेको थिएन। तर दुवै जनालाई संक्रमण भयो।’ 

Ncell 2
Ncell 2
nimb
nimb

सुभद्रा कसरी भइन् दुई पटक संक्रमित?
सुभद्रा नारायणी अस्पतालको पिडियाट्रिक वार्डको नर्सिङ इन्जार्जका रुपमा कार्यरत छिन्। विश्वमा कोरोना महामारी सुरु भएसँगै नारायणी अस्पतालले पनि अस्थायी कोरोना अस्पताल बनायो र संक्रमितको उपचार सुरु गर्‍यो। अस्पतालले संक्रमितको उपचार गर्नको लागि अस्पतालमै भएका कर्मचारीलाई पालैपालो ड्युटीमा खटाउने निर्णय गर्‍यो। 

त्यसमा सुभद्राको नाम पनि सामेल थियो। उनको वैशाख दोस्रो हप्तामा कोरोना संक्रमितको उपचारमा खटिने ड्युटी परेको थियो। पहिले नै कोरोना रोगको बारेमा अस्पतालले जानकारी दिनुका साथै आफूलाई कसरी सुरक्षित राखेर उपचारमा खटिने भन्ने विषयमा तालिम दिइसकेको थियो। त्यही कारणले पनि संक्रमितको उपचारमा खटिन सुभद्रालाई डर लागेन। 

उनी भन्छिन्, ‘अस्पतालले पूरै तयारी गरेको थियो। आफूलाई सुरक्षित राखेर उपचार गर्न पिपिई सेट दिएको थियो। र, त्यो बेलामा संक्रमित पनि धेरै थिएनन्। जति पनि संक्रमित थिए। उनीहरुलाई कुनै लक्षण देखिएको थिएन। त्यसैले पनि संक्रमितको उपचारमा खटिन डर लागेन।’ 

त्यहाँ सुभद्रालाई दैनिक रुपमा क्वारेन्टाइनमा जानु पर्दैनथ्यो। किनभने उनले  क्वारेन्टाइनलाई व्यवस्थापन गर्ने जिम्मा पाएकी थिइन्। अस्पतालले सबै कर्मचारीलाई पालैपालो ड्युटीमा खटाउने भएकोले एक हप्तामा काम गरिसकेपछि केही समय क्वारेन्टाइनमा बसेर बिदा पाउँथे कर्मचारीले। त्यसैले एक हप्ता काम गरिसकेपछि केही समय क्वारेन्टाइनमा बसेर पिसिआर गरी बिदामा बस्ने सोचेकी थिइन् तर पिसिआर परीक्षण गर्दा कोरेना पोजेटिभ आयो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनी भन्छन्, ‘कुनै लक्षण थिएन। म आइसोलसनभित्र गएर संक्रमितसँग एक्सपोज पनि भएकी थिइनँ। एक दिन भने स्वाब निकाल्ने बेलामा सहयोग गर्न छिरेकी थिएँ। त्यो बेलामा पनि पिपिई लगाएर गएको थिएँ। कहाँबाट संक्रमण सर्‍यो, आफैंलाई थाहा छैन।’ उनमा कहाँबाट कोरोना संक्रमण भयो उनी आफैं अचम्ममा छिन्। 

उनलाई वैशाख ३१ गते पहिलो पटक कोरोना संक्रमण देखिएको थियो। त्यसको १० दिन आइसोलेसनमा बसिसकेपछि पिसिआर परीक्षण गर्दा कोरोना नेगेटिभ देखियो। त्यसपछि पुनः एक हप्ता होम क्वारेन्टाइनमा बसेर काममा फर्केकी थिइन्। 

दोस्रो संक्रमण 
कोरोना निको भएर पुनः काम फर्केपछि अस्पतालकै पिडियाट्रिक वार्डमा नै काम सुरु गरिन्। वार्डमा बिरामीको भीडभाड नै थियो। एक जना बच्चा अस्पतालमा राख्नुपर्यो‍ भने ५ जना आफन्त आउने गर्थे। उनीहरु कति पनि डराउँदैनथे। अस्पतालमा आउने धेरैजसो मानिस मास्क नलगाई आउने गरेको उनी सम्झिन्छन्।

‘उनीहरुलाई सम्झाउँदासम्झाउँदै हामी हैरान भयौं,’ सुभद्र भन्छिन्, ‘जति सम्झाए पनि मास्क नलगाई आउने क्रम बन्द भएन र अस्पतालका स्वास्थ्यकर्मी पनि संक्रमित हुने क्रम बढ्दै गयो।’ उनको आशंका छ, त्यहींबाट दोस्रो पटक संक्रमण सरेको हुन सक्छ। दोस्रो पटक संक्रमण हुँदा पनि उनलाई कुनै लक्षण भने देखिएन। 

साउन अन्तिमबाट सुभद्राको ड्युटी गण्डक कोभिड अस्पतालमा परेको थियो। त्यसैले एक हप्ता बिदामा थिइन्। बिदा बस्नुभन्दा अगाडि पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आएको थियो। 

परिवारका ५ जना संक्रमित 
साउन १९ गते रक्षाबन्धन परेको र दुई महिनादेखि घर नगएकोले रक्षा बन्धन मनाउन सुभद्र र उनका पति रवि कलैयास्थित आफ्नो घर गएका थिए। साउन १९ गते बिहान १० बजे घर गए र त्यहाँ बहिनी, बहिनी ज्वाइँ, भान्जाभान्जी सबै जम्मा भएका थिए। उनीहरु ४-५ बजेसम्म घरमै बसेर साँझ क्वाटर फर्किए। 

रक्षा बन्धनको भोलिपल्टबाट रविलाई हल्का खोकी लाग्न सुरु भयो। त्यसपछि खोकी बढ्यो र ज्वरो पनि बढ्न थाल्यो। ‘त्यसपछि मलाई कतै कोरोना त भएन भनेर शंका लाग्यो अनि तुरुन्तै पिसिआर गर्न स्वाब दिएँ,’ उनले भने। 

साउन २२ मा रविलाई कोरोना संक्रमण पुष्टि भयो। सुभद्रा अस्पतालमा काम गरेर भर्खर मात्र बिदामा बसेको हुनाले पक्कै सुभद्राबाटै नै संक्रमण सरेको अनुमान गरे रविले। उनलाई पनि पिसिआर गर्न लगाए। नभन्दै सुभद्रामा पनि दोस्रो पटक साउन २५ गते कोरोना पोजेटिभ देखियो। 
 
श्रीमान–श्रीमतीमा कोरोना संक्रमण भइसकेपछि परिवारलाई पनि पिसिआर परीक्षण गर्न लगाए। एक हप्तापछि पिसिआर गर्दा दुई जना बहिनी, एक जना बहिनी ज्वाइँ र भान्जा, भान्जीमा पनि कोरोना पोजेटिभ देखियो। उनीहरु सबै होम क्वारेन्टाइनमा बसिरहेका छन्। 

छोरोलाई मामाघर राखेर आइसोलेसनमा काम 
विश्वमा महामारी फैलिनु पहिले नै रवि र सुभद्रा ६ वर्षे छोरोसहित नारायणी अस्पतालको क्वार्टरमा बस्दै आएका थिए। कोरोनाले महामारी रुप लिएसँगै बच्चामा बढी जोखिम हुने भएकोले छोरोलाई माइती छोडेर श्रीमान–श्रीमती क्वाटरमा बस्दै आएका छन्। छोरो माइतीमा राखेपछि सुभद्रालाई आइसोलेसनमा काम गर्न पनि सहज भयो। ४/५ महिना भयो उनीहरुको छोरासँग भेट छैन।

‘कहिलेकाहीं फोनमा कुरा हुन्छ,’ सुभद्राले भनिन्। 

साथीहरुकै व्यवहार फरक
नारायणी अस्पतालले कोरोना अस्पताल बनाएसँगै अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलाई पालोपालो अस्पतालमा खटाएको थियो। सुभद्रा र उनका साथीहरु आइसोलेसनमा काम थालेसँगै अस्पतालका अन्य साथीहरुको व्यवहारमा परिवर्तन पाउन थाले। आइसोलेसनमा काम गर्ने साथीहरुको व्यवहार एकाएक फेरिएको देखिएपछि सुभद्रालाई अचम्म लाग्यो।

‘उनीहरुले हेर्ने दृष्टिकोण नै फेरिएको थियो। परैबाट देखे पनि नदेखेको जस्तो गरेर अर्कै बाटो फर्किने जस्तो व्यवहार देखाउँथे,’ सुभद्रा भन्छिन्, ‘सुरुसुरुमा त रिस पनि उठ्यो, किन यस्तो व्यवहार गरेका होलान् भनेर। तर आजभोलि वास्ता लाग्दैन।’

प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७  १५:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्