काठमाडौं–पाटन अस्पतालमा उपचाररत थप २ कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य कार्यालय ललितपुरले जनाएअनुसार पाटन अस्पतालमा उपचार गराइरहेका काठमाडौंका ५१ वर्षीय पुरुषको शुक्रबार राति १०।४० बजे मृत्यु भएको हो।
यस्तै, सोही अस्पतालमा उपचाररत भक्तपुरकी ६२ वर्षीया महिलाको आज शनिबार बिहान ६।४० बजे मृत्यु भएको कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।