काठमाडौं- कोरोना संक्रमितको संख्या बढेसँगै आइसियूमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर १ सय ८६ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार २२ जना भेन्टिलेटरमा र १६४ जना संक्रमित आइसियूमा उपचाररत रहेका छन्।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ८१ जना र १७ जना भेन्टिलेटरमा रहेका छन्। त्यस्तै प्रदेश १ मा ४१ जना आइसियू र ३ जना भेन्टिलेटरमा रहेका छन्।
मन्त्रालयको तथ्यांक अनुसार प्रदेश २ मा ४४, प्रदेश ५ मा १५आइसियू र २ जना भेन्टिलेटरमा, र सबै भन्दा थोरै गण्डकी प्रदेशमा ३ संक्रमित आइसियूमा उपचाररत रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।