काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३६ हजार ४५६ जना पुगेको छ।
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४१५ जना कोरोना संक्रिमत थपिएका छन्। शुक्रबार काठमाडौंमा ३५०, ललितपुरमा ५४ र भक्तपुरमा ११ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकामा एकै दिन संक्रमित हुनेको संख्या यो अहिलेसम्मकै बढी हो। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार ८ सय १२ पुगेको छ।
१६ हजार १६ जना संक्रिय संक्रमित छन्। ६४४६ जना होम आइसोलेसनमा छन् भने ९५७३ जना संस्थागत आइसोलेसनमा छन्। पछिल्लो २४ घण्टामा १६९ निको भएर डिस्चार्ज भएका छन्। यो कुल संक्रमितको ५६ प्रतिशत हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।