• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

टेकु अस्पताल : जहाँ एक जना पनि स्वास्थ्यकर्मी संक्रमित भएनन्, न संक्रमितको मृत्यु भयो

कमला गुरुङ शुक्रबार, भदौ १२, २०७७  १४:३७
1140x725

काठमाडौं- बढ्दो कोरोना भाइरसको जोखिमले देशभरका अधिकांश स्वास्थ्य संस्था थलिँदै गएका छन्। कारण हो- फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी नै संक्रमित हुँदै जानु। 

त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, धुलिखेल अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताललगायत देशभरका ८० भन्दा बढी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्। स्वास्थ्यकर्मी नै संक्रमित भएपछि स्वास्थ्य सेवा प्रभावित नहुने कुरै भएन। 

नेपालमा पहिलो संक्रमित माघ ९ गते पुष्टि भएको थियो। चीनको वुहानबाट फर्किएका ती संक्रमित पुरुषको उपचार भएको थियो, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा। 

कोरोना संक्रमितको उपचारमा सुरुदेखि नै खटिएको एकमात्र अस्पताल हो, शुक्रराज अस्पताल। कोरोनाको महामारीसँगै आएको चुनौतीलाई अवसरमा परिणत गरी यो अस्पताल फरक पहिचान बनाउन सफल भएको छ।  

शुक्रराज अस्पताल देशकै एकमात्र केन्द्रीय सरुवा रोग अस्पताल पनि हो। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले शुक्रराज अस्पताललाई कोरोना विशेष अस्पताल बनाएको छ। यो सात महिनाको अवधिमा न त कुनै स्वास्थ्यकर्मी संक्रमित भएका छन्, न अस्पताल नै सिल गर्नुपरेको छ, न कुनै संक्रमितको मृत्यु नै भएको छ। 

अस्पतालको संरचना र काम गर्ने शैलीमा परिवर्तन 
कोरोना विशेष अस्पतालमा परिणत भएपछि यस अस्पतालले आफ्नो संरचना र काम गर्ने शैलीमा परिवर्तन गर्‍यो। अस्पतालमा भएका सबै स्वास्थ्यकर्मीलाई कोरोनासम्बन्धी तालिम तथा विभिन्न जानकारी प्रदान गरिएको थियो। 

संक्रमण रोकथाम सम्बन्धी कडा पालनाबिना यो सम्भव नभएको अस्पतालका निर्देशक डा सागरराज भण्डारी बताउँछन्। अस्पतालमा कार्यरत सबै कर्मचारीलाई यससम्बन्धी तालिम र जानकारी दिइएको उनले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

उनी भन्छन्, ‘यो देशकै पुरानो सरुवा रोग अस्पताल हो। सरुवा रोगबाट कसरी बच्ने भन्ने विषयमा सबै चिकित्सक र स्वास्थ्यकर्मी सचेत छन्। कोभिड विशेष अस्पताल भएपछि यहाँको संरचना पनि र काम गर्ने शैलीमा परिवर्तन गरिएको छ।’

अस्पतालले संक्रमणको व्यवस्थापनका लागि वार्ड र इमर्जेन्सीमा एड्जस्ट फ्यान जडान गर्नुका साथै प्रेसर कोठा (रुम) बनाएको छ। 

निर्देशक भण्डारीका अनुसार प्रेसर रुम भन्नाले वार्डभित्रका कुनै संक्रमितले फेरेको श्वासप्रश्वाससहितको हावालाई यसले छानेर बाहिर पठाउने काम गर्छ। जसले अरुलाई क्रस संक्रमण हुनबाट जोगाउँछ।

सबै स्वास्थ्यकर्मीलाई पिपिईको व्यवस्था
शुक्रराज अस्पतालले स्वास्थ्यकर्मीलाई संक्रमणबाट जोगाउन व्यक्ति सुरक्षात्मक सामग्री (पिपिई) को व्यवस्था गरेको छ। त्यसैले पनि सबै स्वास्थ्यकर्मीले कामको प्रकृतिअनुसार पिपिई अनिवार्य लगाउनुपर्छ। एक पटक लगाएको पिपिई अर्को पटक प्रयोग गरिँदैन। यसले पिपिई धेरै खर्च भए पनि स्वास्थ्यकर्मीको सुरक्षा पहिलो प्राथमिकतामा रहेको निर्देशक ढकाल बताउँछन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले भने, ‘पिपिई स्वास्थ्यकर्मीलाई जोगाउन सबैभन्दा महत्वपूर्ण हुन्छ। देशका कतिपय ठूला अस्पतालले एउटा मास्क समेत दिन सकेका छैनन्। हामीले कामको प्रकृति अनुसार सबै स्वास्थ्यकर्मीलाई पिपिई उपलब्ध गराएका छौं।’

१२ घन्टा मात्र ड्युटी
कम स्वास्थ्यकर्मी एक्सपोज हुने उद्देश्यले आइसोलेसन वार्डमा सबै स्वास्थ्यकर्मीलाई पठाइँदैन। एक जना चिकित्सक मात्र आइसोलेसन वार्डमा जान्छन्। एक स्वास्थ्यकर्मीले १२ घन्टामात्र ड्युटी गर्ने समेत व्यवस्था मिलाइएको उनले बताए।  

‘बढी कर्मचारी एक्सपोज नहोस् भनेर हामीले सबैलाई एकै पटक भित्र पठाउँदैनौं,’ उनले भने, ‘राउन्डमा पनि एक जनामात्र जान्छन्। एक जनाले १२ घन्टामात्र काम गर्नुपर्छ। यसले संक्रमणबाट जोगाउन मद्दत गर्छ।’

संक्रमण फैलन नदिन वार्डहरु दिनको तीन पटक सफा गर्ने गरेको उनले बताए। बिरामीले प्रयोग गरेका कपडा तथा अन्य सामग्री दैनिक धोएर र विषाणुरहित बनाएरमात्र प्रयोग गर्ने गरेको उनले बताए। 

कोरोनाको जोखिम बढिरहँदा सबै स्वास्थ्यकर्मीहरुलाई जोगाउनु निकै चुनौतीपूर्ण काम भएको उनी बताउँछन्। घर जान नमिल्ने स्वास्थ्यकर्मीका लागि अस्पतालले क्वारेन्टाइनको समेत व्यवस्था गरेको छ। हाल करिब २५ जना स्वास्थ्यकर्मी अस्पतालले व्यवस्था गरेको क्वारेन्टाइनमा बस्ने गर्छन्। 

स्वास्थ्यकर्मीको मनोबल बढाउन अस्पतालमा कार्यरत सबै २ सय ७९ जना नै कर्मचारीको बिमा समेत गरिएको निर्देशक भण्डारीले बताए। 

उनी भन्छन्, ‘अहिलेको अवस्थामा स्वास्थ्यकर्मीहरुलाई जोगाउन निकै चुनौतीपूर्ण छ। हामीले उहाँहरुको सुरक्षाका लागि पिपिई र घर जान नमिल्नेका लागि क्वारेन्टाइनको व्यवस्था गरेका छौं। अस्पतालका सबै कर्मचारीको बिमा पनि गरेका छौं।’

कामको प्रकृति अनुसार स्वास्थ्यकर्मीलाई ५० देखि सय प्रतिशतसम्म जोखिम भत्ता समेत उपलब्ध गराएको उनले बताए। 

सिसिटिभीबाट निगरानी तथा रोबोटबाट खाना र औषधि पुर्‍याउने काम
अस्पतालले सिसिटिभी क्यामेराको माध्यमबाट संक्रमितहरुको निगरानी र इन्टरकमको माध्यमबाट बिरामीहरुसँग अन्तरक्रिया समेत गर्ने गर्छ। 

स्वास्थ्यकर्मीलाई एक्सपोज हुनबाट जोगाउन अस्पतालले अपनाएको अर्को उपाय हो, रोबोट प्रविधिको प्रयोग। रोबोट प्रविधिको प्रयोग गरी अस्पतालले बिरामीहरुलाई खाना र औषधि पुर्‍याउने काम समेत गर्ने गरेको छ। 

सबै स्वास्थ्यकर्मीमा म गर्छु भन्ने भावना भएमात्र सहज तरिकाले अघि बढ्न सकिने निर्देशक भण्डारीको अनुभव छ। 

हाल अस्पतालमा दैनिक साढे ३ सय व्यक्ति कोरोना परीक्षणका लागि पुग्नेगर्छन्। हाल अस्पताल पुग्ने अधिकांश काठमाडौं उपत्यका र पहाडी जिल्लाका छन्। 

पछिल्लो ३/४ दिनदेखि संक्रमितको दर बढ्दै गएको उनी बताउँछन्। हाल अस्पताल पुगेका चारमध्ये एक जनामा कोरोना भेटिएको उनले बताए। यसअघि अस्पताल पुगेका ५ मध्ये एक जनामा कोरोना भेटिने गर्थ्यो। 

संक्रमितको दर बढ्दै गए शुक्रराज अस्पतालले मात्र धान्न सक्ने अवस्था नहुने उनले बताए। त्यसैले अन्य अस्पतालहरुले पनि यस किसिमको तयारी अघि बढाउनुपर्ने उनको भनाइ छ। 

सुरुको दिनदेखि नै संक्रमण रोकथाम तथा अन्य पूर्वाधारमा जुट्यौं 
शुक्रबार साँझसम्मको तथ्यांकअनुसार शुक्रराज अस्पतालमा भर्ना हुने संक्रमितको संख्या २ सय ७० पुगेको छ। यस अस्पतालमा भर्ना भएका कुनै पनि संक्रमितको हालसम्म मृत्यु भएको छैन। २ सय ३० जना संक्रमितलाई निको बनाएर घर पठाउन यो अस्पताल सफल भएको छ। 

हाल ४० जना संक्रमितलाई निको बनाउन यो अस्पताल र यहाँका स्वास्थ्यकर्मी दिनरात खटिइरहेका छन्। जसमध्ये महत्वपूर्ण भूमिका निर्वाह गर्नेमध्येका एक हुन्, अस्पतालका ट्रपिकल मेडिसिनका चिफ कन्सल्ट्यान्ट एवं प्रवक्ता डा अनुप बाँस्तोला। 

नेपालमा कोरोना भाइरसको संक्रमण सुरु भएदेखि नै उनी संक्रमितको उपचारमा सक्रिय रुपमा खटिइरहेका छन्। 

सुरुको दिनदेखि नै संक्रमणको रोकथाम तथा उपचारमा कसरी सुरक्षित भएर लाग्न सकिन्छ भनेर लागेका कारण अहिलेसम्म स्वास्थ्यकर्मीलाई जोगाउन र जोगिन सम्भव भएको उनी बताउँछन्। 

डा बाँस्तोला भन्छन्, ‘हामी सुरुको दिनदेखि नै संक्रमण रोकथामका उपायमा बढी केन्द्रित भयौं। आवश्यक पूर्वाधार निर्धारण गर्नमा जुट्यौं। अस्पताल आउने सबै बिरामीलाई कोरोना शंकास्पदका रुपमा उपचार गर्‍यौं। सुरक्षाका सबै मापदण्ड पनि पालना गर्‍यौं।’ 

कोभिड विशेष अस्पताल भएकाले पनि सुरक्षित भयौं जस्तो लाग्छ 
अस्पताल आउने सबै बिरामी कोरोनाका शंकास्पद बिरामी हो भनेर नै उपचार गरिएको डा बाँस्तोलाले बताए। जसले गर्दा सुरक्षाका सबै मापदण्ड पालना गरिएको उनले बताए। 

‘यो कोभिड अस्पताल भएकाले पनि यहाँ आउने सबै बिरामीलाई हामी कोभिडकै भनेर हेर्छौं। तर अन्य अस्पतालमा त्यसो हुँदैन। कोभिड र ननकोभिड बिरामी भनेर कसरी छुट्याउने? त्यसैले पनि अन्य अस्पतालमा जोखिम बढेको जस्तो लाग्छ,’ उनले भने। 

कोभिड विशेष अस्पताल भएका कारण पनि सबै सुरक्षा र रोकथामका मापदण्ड कडा रुपमा पालना गरिएको उनी बताउँछन्। अस्पतालले ओपिडी सेवा पनि खुला ठाउँमा सञ्चालन गरेको छ।

अस्पतालले दिएको तालिम तथा पिपिईका कारण पनि आफूहरु सुरक्षित हुन सकेको उनको भनाइ छ। अस्पतालमा काम गर्ने सबै स्वास्थ्यकर्मीलाई संक्रमणको रोकथाम तथा उपायबारे जानकारी भएकाले पनि एक्सपोज हुनबाट जोगिएको उनले बताए। 

उपचारपछि डिस्चार्ज हुने संक्रमितलाई प्लाज्मा दान गर्न डा बाँस्तोला आग्रह गर्छन्। आगामी दिनमा चुनौती बढ्दै गएकाले थप सचेत हुनुपर्ने उनले बताए। बिरामीको मनोबल बढाउन उनीहरुसँग अन्तक्र्रिया गर्ने, कुरा गर्ने, परामर्श गर्ने गरिएको उनले बताए। 

‘कोरोनाका सिकिस्त भएका ७५ प्रतिशत बिरामीलाई अक्सिजन दिएर मात्र पनि बचाउन सकिन्छ,’ उनले भने, ‘बिरामीलाई राम्रोसँग हेरचाह गर्ने, परामर्श दिने, हौसला दिने र राम्रो व्यवस्थापन र उपचार गरे धेरै बिरामी निको हुन्छन्।’

कोरोनालाई डर र त्रासको रुपमा हेर्न नहुने भन्दै डा बाँस्तोला बिरामीको मनोबल र हौसला बढाउन निकै आवश्यक भएको बताउँछन्। 

कोरोना संक्रमितको उपचारका लागि शुक्रराज अस्पतालले ३४ आइसोलेसन, २० आइसियु, ६ भेन्टिलेटरको व्यवस्था गरेको छ। 

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७  १४:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्