काठमाडौं- सरकारले नारायणगढ-मुग्लिन सडक उपभोग दस्तुर निर्धारण गरेको छ। मन्त्रिपरिषदको निर्णयअनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दस्तुर तय गरेको हो।
भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयलका अनुसार ३६ किलोमिटर लामो यो सडक खण्ड प्रयोग गरेबापत बस, मिनिबस, ट्रक, मिनिट्रक र हेभी मेसिनरी इक्विपमेन्टले एकपटकमा ५५ रूपैयाँ तिर्नुपर्छ।
यसैगरी हलुका सवारी साधनहरू कार, जिप, पिकअप भ्यान र ट्रयाक्टरले २५ रूपैयाँ शुल्क तिर्नुपर्ने मन्त्रालयले प्रकाशित गरेको सूचनामा उल्लेख छ।
गत साउनमा मन्त्रिपरिषद बैठकले यो बाटो प्रयोग गरेबापत उपभोग दस्तुर लिने निर्णय गरेको थियो। त्यसैअनुसार मन्त्रालयले अहिले शूल्क तोकेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।