काठमाडौं-रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।
तिलोत्तमा नगरपालिका-४ निवासी ६० वर्षीय पुरुषको लुम्बिनी प्रदेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
अस्पतालका अनुसार उनको आज बिहान २:३० बजे मृत्यु भएको हो। भदौ ७ गते कोरोना पोजिटिभ देखिएपछि उनलाई अस्पतालको कोरोना विशेष अस्थायी अस्पतालको आइसियुमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनमभा श्वासप्रस्वासको समस्याका साथै उच्च रक्तचापको समस्या समेत थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।