काठमाडौं- कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्नका लागि लागू गरेको निषेधाज्ञापछिका ८ दिनमा नै काठमाडौं उपत्यकामा करिब १९ सय कोरोना संक्रमित थपिएको देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको तथ्यांक अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा लागू गरिएको निषेधाज्ञापछि १ हजार ८ सय ९८ जना कोरोना संक्रमित थपिएको देखिएको छ।
सरकारले भदौ ३ गते बुधबार राती १२ बजेदेखि हालसम्म पनि लगातार निषेधाज्ञा लगाइरहेको छ। भदौ ४ गतेदेखि भदौ ११ गतेसम्म (भदौ १२ को विवरण प्राप्त नभएकाले)को तथ्यांक हेर्दा १ हजार ८ सय ९८ जना काठमाडौं उपत्यकामा कोरोना संक्रमित भेटिएको देखिएको हो।
निषेधाज्ञा लागू भएपछि काठमाडौं जिल्लामा मात्र १ हजार ४ सय ७८ जना कोरोना संक्रमित भेटिएका छन्। सो अवधिमा ललितपुरमा २ सय २६ जना र भक्तपुरमा १ सय ९४ जना कोरोना संक्रमित भेटिएका छन्।
यस्तो छ निषेधाज्ञा जारी भएपछि उपत्यकामा संक्रमणको तथ्यांक
११ भदौ - ३७७
१० भदौ - ३०१
९ भदौ - २३२
८ भदौ - २२४
७ भदौ - १६६
६ भदौ - २१६
५ भदौ - १८२
४ भदौ - २००
यो अवधिमा देशभर भने २ हजार ३६ जना महिला र ४ हजार ५ सय ५५ जना पुरुष गरी जम्मा ६ हजार ५ सय ९१ जना कोरोना संक्रमित भेटिएका छन्।
संक्रमित थपिनेको संख्या भने बिहीबार (हिजो) सबैभन्दा बढी छ। बिहीबार १ हजार १ सय ११ जना संक्रमित थपिएका छन्। बिहीबार साँझसम्म नेपालमा कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ। बिहीबार साँझसम्म निको हुनेको संख्या २० हजार ७३ पुगेको छ।
यस्तो छ देशभरको तथ्यांक
भदौ ४ गते ७०७ संक्रमित थपिए, ६ जनाको मृत्यु
भदौ ५ गते ८३८ संक्रमित थपिए, ११ जनाको मृत्यु
भदौ ६ गते ६३४ संक्रमित थपिए, ९ जनाको मृत्यु
भदौ ७ गते ८१८ संक्रमित थपिए, ३ जनाको मृत्यु
भदौ ८ गते ७४३ संक्रमित थपिए, ८ जनाको मृत्यु
भदौ ९ गते ८५५ संक्रमित थपिए, ७ जनाको मृत्यु
भदौ १० गते ८८५ संक्रमित थपिए, ११ जनाको मृत्यु
भदौ ११ गते ११११ संक्रमित थपिए, ८ जनाको मृत्यु
कुन उमेरका कतिको मृत्यु?
नेपालमा बिहीबार साँझसम्म मृत्यु भएका १८३ कोरोना संक्रमितमध्ये १३७ पुरुष र ४६ महिला छन्। मृत्यु हुनेमा सबैभन्दा बढी ४१ देखि ५० वर्षका छन्। यो उमेर समूहका ३१ पुरुष र १० महिला गरी ४१ जनाको मृत्यु भएको छ। त्यसपछि ६१ देखि ७० वर्षका ३६ जनाको मृत्यु भएको छ। ५१ देखि ६० वर्षका ३२ जनाको, ७१ देखि ८० वर्षका २४ जनाको, ३१ देखि ४० वर्षका १७ जना, २१ देखि ३० वर्षका १२ जना, ८० वर्षभन्दा माथिका १० जना, ११ देखि २० वर्षका ५ र १० वर्षभन्दा कमका ४ जना संक्रमितको मृत्यु भएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।