काठमाडौं- बंगलादेशबाट नेपाललाई ५ हजार भाइल रेमडिसिभिर औषधि सहयोग भएको छ। बंगलादेशको बेक्सिम्को फार्मास्युटिकल्स कम्पनी, नेपाल बंगलादेश बैंक र आइएफआइसी बैंकले संयुक्त रुपमा नेपाललाई ५ हजार भाइल रेमडिसिभिर औषधि सहयोग गरेको हो ।
उनीहरुले बिहिबार संयुक्त रुपमा बंगलादेशका लागि नेपाली राजदूत वंशीधर मिश्रलाई ढाकामा उक्त औषधि हस्तान्तरण गरेका छन् ।
सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोनाको उपचारका लागि उनीहरुले औषधि सहयोग गरेको बेक्सिम्को फार्मास्युटिकल्सका नेपालको आधिकारिक बिक्रेता हाम्रो मेडिकन्सर्नका प्रबन्ध निर्देशक शंभु कार्कीले बताए।
उक्त औषधि आगामी सातासम्म नेपाल आइपुग्ने उनले जानकारी दिए। नेपाल भित्रने बित्तिकै उक्त औषधि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।