काठमाडौं–नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १८३ पुगेको छ। विगत २४ घण्टामा ८ जनासहित संक्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए। यो कूल संक्रमितको शून्य दशमलब ५२ प्रतिशत हो।
२४ घण्टामा मृत्य हुने ८ जनामध्ये ५ जना महिला र ३ पुरुष छन्। काठमाडौंका ४८ वर्षीय पुरुष, ललितपुरकी ६५ वर्षीया महिला, बाराकी २३ वर्षीया महिला, पर्साका ६२ वर्षीय पुरुष र कास्कीकी ३२ वर्षीय एक महिलाको मृत्यु भएको प्रवक्ता डा गौतमले बताए ।
यस्तै, कपिलवस्तुका ५० वर्षीय पुरुष, रुपन्देहीकी ७० वर्षीया र बाँकेकी ७० वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घन्टामा नेपालमा थप ११११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३५ हजार ५२९ जना पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।