काठमाडौं- वीरगञ्जमा २३ वर्षीया गर्भवतीसहित तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नारायणी अस्पतालको कोभिड अस्पतालमा दुई जना र वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा १ जना गरी तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो।
मुत्यु हुनेमा बारा निवासी २३ वर्षीया गर्भवती समेत रहेकी छन्। उनी भदौ ८ गते अस्पतालमा भर्ना भएकी थिइन्।
अस्पतालमा भर्ना भएपछि पिसिआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो। उनको बिहीबार बिहान ६ः३० बजे मृत्यु भएको हो। उनी ३६ घन्टादेखि भेन्टिलेटरमा थिइन्।
पर्साका ७२ वर्षीय संक्रमितको पनि मृत्यु भएको छ। उनको बुधबार साँझ ६ः३० बजे मृत्यु भएको हो। उनी कोरोना पोजेटिभ भएर अस्पतालमा भर्ना भएका थिए।
त्यस्तै वीरगञ्जस्थित वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा १ जनाको मुत्यु भएको छ। वीरगञ्ज महानगपालिकाका ६२ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको हो। उनी साउन ३० गते कोरोना पुष्टि भएर अस्पतालमा भर्ना भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।