काठमाडौं- महानगरीय प्रहरी वृत्त जनसेवा र महानगरीय प्रहरी वृत्त महाराजगञ्जका गरी ४२ प्रहरीमा कोरोना भाइरस पोजेटिभ देखिएको छ।
जनसेवासँगै रहेको ट्राफिक प्रभागका ११ र वृत्तका ९ प्रहरी गरी २० जनामा कोरोना भाइरस संक्रमण देखिएको हो। त्यसैगरी महाराजगञ्जमा कार्यरत २२ जना प्रहरीमा कारोना भाइरस संक्रमण देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
केही दिनअघि मनमैजुमा भएको हत्या काण्डमा पक्राउ परेका एक अभियुक्तमा कोरोना भाइरस संक्रमण देखिएको थियो। ती अभियुक्तलाई महाराजगञ्ज वृत्तमा राखिएको थियो। उनलाई पक्राउ गर्नेदेखि बयान लिने प्रहरी अधिकारीसम्ममा कोरोना भाइरस संक्रमण देखिएको हो।
फ्रन्टलाइनमाम खटिएर काम गरेरका प्रहरीहरु कोरोना भाइरसको उच्च जोखिममा रहँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।