काठमाडौं– अफगानिस्तानका ६ खेलाडीले जारी क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेटका केही खेलहरु गुमाउने भएका छन्।
अफगानिस्तानका राशिद खान, मोहम्मद नाबी मुजिब उर रहमानसहितका ६ खेलाडीले घरेलु प्रतियोगिताको कारण जारी सिपिएल क्रिकेटका केही खेलहरु गुमाउने भएका हुन्। अफगानिस्तानको घरेलु टि–२० लिग राजधानी काबुलमा यही सेप्टेम्बर ६ देखि १६ तारिखसम्म ११ दिनसम्म चल्नेछ।
सिपिएलको फाइनल खेल भने सेप्टेम्बर १० तारिखमा हुँदैछ। सिपिएलको लिग चरणका खेलहरु चलिरहँदा अफगानिस्तानमा ‘सपाजिजा क्रिकेट लिग’ सुरु हुने भएकाले राशिद खान, मोहमम्द नाबी, मुजिब उर रहमान, नभिन उल हक, जाहिर खान र नाजिबुउल्लाह जाड्रानले सिपिएलका केही खेल गुमाउने भएका हुन्।
सिपिएलमा राशिदले बारबाडोस ट्रिडेन्टस, मुजिबले जमैका तलावाज, नभिन उलले गुयाना अमेजन वारियर्स र नाबी, जाहिर र नजिबउल्लाहले सेन्ट लुसिया जुक्सबाट खेलिरहेका छन्। घरेलु लिगमा राशिद बान्ड–इ–अमिर ड्रागन्सबाट खेल्दैछन्। त्यस्तै, नाबी मिस–इ– एनाक नाइट्सका कप्तानबाट हुन्। मुजिब र नभिनले काबुल इगल्सबाट प्रतिस्पर्धा गर्दा जड्रान र जाहिरले स्पिङहार टाइगर्सबाट खेल्ने छन्। प्रतियोगितामा ६ टिमले १९ खेल खेल्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।