काठमाडौं- पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३०१ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौं, ललितपुर र भक्तपुरमा ३०१ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा जाेगेश्वर गौतमले जानकारी दिएका हुन्।
काठमाडौंमा २३०, ललितपुरमा २४ र भक्तपुरमा ४७ क्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार १९ पुगेको छ। त्यसैगरी, काठमाडौंमा ३ हजार १८५, ललितपुरको ४८७ र भक्तपुरमा ३४७ संक्रमित पुगेका छन्।
बुधबार देशभर ८८५ नयाँ संक्रमित थपिएका छन्। देशभर हालसम्म ३४ हजार ४१८ पुगेको छ। २४ घण्टामा ३८५ जना डिस्चार्ज भएसँगै १९ हजार ५०४ जना संक्रमणमुक्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।