• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ४, २०८२ Sun, Jan 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

अहिले विकासभन्दा पनि मानवता जोगाउने बेला हो

प्रकाश अधिकारी बुधबार, भदौ १०, २०७७  १८:३६
1140x725

कोरोना संक्रमण दिनप्रतिदिन बढ्दो छ। टोखा नगरपालिकाको वडा नम्बर २ बाहेक अन्य सबै वडामा कोरोना संक्रमित भेटिइसकेका छन्। २ नम्बर वडामा चाहिँ कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका वा संक्रमितको सम्पर्कमा आएका व्यक्ति नभएकाले पनि त्यहाँ पिसीआर परीक्षण पनि गरिएको छैन। परीक्षण नभएकाले पनि कोरोना संक्रमित नदेखिएको हुन सक्छ। 

अन्य वडाका तुलनामा वडा नम्बर १० र ५ मा बढी संक्रमित भेटिएका छन्। हाल नगरपालिकाले दैनिक सय जनाको पिसीआर गराउँदै आएको छ। जसमा पनि ४/५ जनामा पिसीआर पोजिटिभ आउन थालेको छ। मंगलबारसम्म नगरपालिकाभरमा १२० जनामा कोरोना पुष्टि भएको छ। कोरोना संक्रमण देखिएका अधिकांश स्वास्थ्यकर्मी, बैंकका कर्मचारी, व्यापारी लगायत बढी जनसम्पर्कमा आउने व्यक्तिहरु र प्रभावित जिल्लाबाट आएका व्यक्तिहरु छन्। पछिल्लो समय उनीहरुको सम्पर्कमा आएका व्यक्ति तथा परिवारमा कोरोना देखिन थालेको छ।

विभिन्न स्थानमा काम गर्ने मानिसमा संक्रमण देखिएपछि समुदायमा कोरोना फैलिएको छ। हालसम्म हाम्रो नगरपालिकाका २ जना कोरोना संक्रमितको ज्यान गएको छ। मृतकहरु एकजना क्यान्सरका बिरामी र एकजना सुत्केरी महिला हुन्। क्यान्सर पीडितको मृत्यु भइसकेपछि कोरोना पुष्टि भएको थियो।

कोरोना संक्रमितमध्ये पनि ४५ जना कोरोना जितेर घर फर्किसक्नुभएको छ। बाँकी संक्रमितहरु केही होम आइसोलेसनमा हुनुहुन्छ। उहाँहरु आफ्नै खुसीले होम आइसोलेसनमा बस्नु भएको छ। होम आइसोलेसनमा बस्नेलाई हरेक दिन प्रतिव्यक्ति ३ सय ५० का दरले सन्तुलित भोजनका लागि उपलब्ध गराएका छौँ। यो घोषणा गर्ने हामी नै पहिलो स्थानीय तह हौँ। उहाँहरुसँग हाम्रो नगरपालिकाको स्वास्थ्य टिमको सम्पर्कमा छ। म आफैँ पनि हरेक दिनजसो उहाँहरुको सम्पर्कमा छु। केही अप्ठ्यारो पर्यो भने तत्काल खबर गर्न भनेका छौँ। 

अस्पतालको आइसोलेसनमा भएकामध्ये एक जनाको अवस्था अलि गम्भीर छ। बाँकी सबैको अवस्था सामान्य छ। 

संक्रमितहरुको संख्या बढ्दै गएको छ। हाम्रो नगरपालिकामै आइसोलेसन निमार्ण गरेका छौँ। चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र वडा नम्बर २ मा १७ बेडको आइसोलेसन तयार गरेका छौँ। यसमा आवश्यकता पर्‍यो भने थप्दै जान्छौँ।  बुधबार हामीले निर्णय गरेर १५ बेड थप्दैछौँ। त्यसपछि आवश्यकता बढ्दै गयो भने लगभग ७० बेडसम्मको आइसोलेसन बनाउने तयारी गरेका छौँ। 

हाम्रो नगरपालिकाका अधिकांश संक्रमित बलम्बुस्थित आइसोलेसनमा हुनुहुन्छ। नगरपालिकाले तयार गरेको आइसोलेसनमा ६ जना संक्रमित राखेका छौँ। 
आइसोलेसन निमार्णका साथै कोरोना रोकथाम तथा नियन्त्रणका लागि हामीले कन्ट्याक्ट ट्रेसिङ तथा पिसिआर परीक्षणलाई विशेष प्राथमिकतामा राखेका छौँ। एक दिनको सय जनालाई कन्ट्याक्ट ट्रेसिङमार्फत पिसीआर परीक्षण गराईरहेका छौँ। 

कोरोना नियन्त्रणका लागि हामीले सक्दो पहल गरिरहेका छौँ। कन्ट्याक्ट ट्रेसिङको दायरा फराकिलो बनाएका छौँ। पिसिआर परीक्षणका लागि आवश्यक किट केन्द्र सरकारसँग माग गरेका छौँ। पाइरहेका पनि छौँ।

Ncell 2
Ncell 2

हाम्रो म्यानपावर अनुसारको कामको प्रक्रियालाई हामीले अगाडि बढाइरहेका छौँ। प्रदेश सरकारले पनि ३० देखि ४० लाखसम्म बजेट पठाउने भनेर घोषणा गरिसकेको छ। तर पठाइसकेको छैन। यस्तो अवस्थामा मूलतः पैसा केन्द्रसँग माग्दै गर्ने। यो आपतको बेला त आफ्नो पनि खर्च गर्नु पर्यो नि। अहिले विकास भन्दा पनि मानवता जोगाउने हो। कसले गयो कसले गरेन भनेर आरोप प्रत्यारोप गर्ने बेला होइन, समन्वय गर्दै जाने कामको गतिलाई पनि अगाडि बढाउँदै जाने हो। स्रोत त छ नि। अहिले विकास निमार्णको काम ठप्प छ। विकासको काम गरिएको छैन। खातामा पैसा छ। आपत्कालीन अवस्थामा यसैलाई प्रयोग गर्नुपर्‍यो। 

कोभिड रोकथाम तथा नियन्त्रणका लागि भनेर हामीले ३ करोड छुट्याएका छौँ। अहिले त्यो पैसा खर्च गरिरहेका छौँ। भोलि बढ्दै गयो भने बढीभन्दा बढी संक्रमण फैलियो, लामो समयसम्म निशेधाज्ञा जारी गर्नुपर्ने अवस्था आयो, मानिसहरुले रोजगारी पाएनन् भोकमरी बढ्दै गयो भने विकास गर्ने कि मानवता जोगाउने त? अहिले प्रमुख कर्तव्य मानवता जोगाउने हो। अरुको मुख ताक्नुभन्दा पनि दत्तचित्त भएर अगाडि बढ्नुपर्ने बेला हो। यसमा मनन गर्नुपर्नै बेला आएको छ। 

अनि सरकारले भनेर मात्र पनि हुँदैन। जोखिम न्यूनीकरणका लागि व्यक्ति र समुदाय पनि सचेत हुन जरुरी छ। भिडभाडमा जानु भएन। भौतिक दूरी कायम गर्नुपर्‍यो। स्वास्थ्य सुरक्षाका उपाय अपनाउनुपर्‍यो। हामी जब आफ्नो रक्षाका लागि सचेत हुँदैनौँ तबसम्म जोखिम बढ्छ। सरकारले त स्रोतसाधन र क्षमताले भ्याएसम्म गरिरहेको छ।

हामीले कतिपय कुरामा केन्द्रीय सरकारलाई सुझाव समेत दिइरहेका छौँ। कन्ट्याक्ट टेसिङ तथा पिसिआर परीक्षणको दायरा फराकिलो बनाउनुपर्छ भनेका छौँ। हाम्रो नगरपालिकामा पनि २ हजारको पिसिआर परीक्षण गर्नुपर्‍यो भनेर भनेको छु। स्थानीय तहले पनि आफ्नो स्रोतसाधन र क्षमताले भ्याएसम्म काम गर्न सकिन्छ। 

जोखिमपूर्ण अवस्थामा फ्रन्टलाईनमा खटेर काम गरेका स्वास्थ्यकर्मीहरुमाथि दुर्व्यवहार बढेका घटना बाहिरिरहेका छन्। यो अपराध हो। मानवता विरोधी कार्यक्रम हो। हाम्रो नगरपालिकामा सबैलाई सचेत गराएका छौँ। अहिलेसम्म यस्तो अराजक गतिविधि भएको पनि छैन। कतै यस्तो भइहाल्यो भने हामी कडा कारबाही गर्छौं। 

(टोखा नगरपालिकाका मेयर अधिकारीसँग नेपाल लाइभकर्मी निर्मला घिमिरेले गरेको संवादमा आधारित) 

प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७  १८:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
काठमाडौँका ६ निर्वाचन क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार
स्वागत नेपाल राप्रपा प्रवेश, झापा-२ बाट चुनाव लड्ने
हर्क साम्पाङले पनि दिए राजीनामा
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
काठमाडौँका ६ निर्वाचन क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार आइतबार, माघ ४, २०८२
स्वागत नेपाल राप्रपा प्रवेश, झापा-२ बाट चुनाव लड्ने आइतबार, माघ ४, २०८२
हर्क साम्पाङले पनि दिए राजीनामा आइतबार, माघ ४, २०८२
रुपन्देही– २ मा विष्णुप्रसाद पौडेल उम्मेदवार आइतबार, माघ ४, २०८२
धरानमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्