• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

अहिले विकासभन्दा पनि मानवता जोगाउने बेला हो

प्रकाश अधिकारी बुधबार, भदौ १०, २०७७  १८:३६
1140x725

कोरोना संक्रमण दिनप्रतिदिन बढ्दो छ। टोखा नगरपालिकाको वडा नम्बर २ बाहेक अन्य सबै वडामा कोरोना संक्रमित भेटिइसकेका छन्। २ नम्बर वडामा चाहिँ कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका वा संक्रमितको सम्पर्कमा आएका व्यक्ति नभएकाले पनि त्यहाँ पिसीआर परीक्षण पनि गरिएको छैन। परीक्षण नभएकाले पनि कोरोना संक्रमित नदेखिएको हुन सक्छ। 

अन्य वडाका तुलनामा वडा नम्बर १० र ५ मा बढी संक्रमित भेटिएका छन्। हाल नगरपालिकाले दैनिक सय जनाको पिसीआर गराउँदै आएको छ। जसमा पनि ४/५ जनामा पिसीआर पोजिटिभ आउन थालेको छ। मंगलबारसम्म नगरपालिकाभरमा १२० जनामा कोरोना पुष्टि भएको छ। कोरोना संक्रमण देखिएका अधिकांश स्वास्थ्यकर्मी, बैंकका कर्मचारी, व्यापारी लगायत बढी जनसम्पर्कमा आउने व्यक्तिहरु र प्रभावित जिल्लाबाट आएका व्यक्तिहरु छन्। पछिल्लो समय उनीहरुको सम्पर्कमा आएका व्यक्ति तथा परिवारमा कोरोना देखिन थालेको छ।

विभिन्न स्थानमा काम गर्ने मानिसमा संक्रमण देखिएपछि समुदायमा कोरोना फैलिएको छ। हालसम्म हाम्रो नगरपालिकाका २ जना कोरोना संक्रमितको ज्यान गएको छ। मृतकहरु एकजना क्यान्सरका बिरामी र एकजना सुत्केरी महिला हुन्। क्यान्सर पीडितको मृत्यु भइसकेपछि कोरोना पुष्टि भएको थियो।

कोरोना संक्रमितमध्ये पनि ४५ जना कोरोना जितेर घर फर्किसक्नुभएको छ। बाँकी संक्रमितहरु केही होम आइसोलेसनमा हुनुहुन्छ। उहाँहरु आफ्नै खुसीले होम आइसोलेसनमा बस्नु भएको छ। होम आइसोलेसनमा बस्नेलाई हरेक दिन प्रतिव्यक्ति ३ सय ५० का दरले सन्तुलित भोजनका लागि उपलब्ध गराएका छौँ। यो घोषणा गर्ने हामी नै पहिलो स्थानीय तह हौँ। उहाँहरुसँग हाम्रो नगरपालिकाको स्वास्थ्य टिमको सम्पर्कमा छ। म आफैँ पनि हरेक दिनजसो उहाँहरुको सम्पर्कमा छु। केही अप्ठ्यारो पर्यो भने तत्काल खबर गर्न भनेका छौँ। 

अस्पतालको आइसोलेसनमा भएकामध्ये एक जनाको अवस्था अलि गम्भीर छ। बाँकी सबैको अवस्था सामान्य छ। 

संक्रमितहरुको संख्या बढ्दै गएको छ। हाम्रो नगरपालिकामै आइसोलेसन निमार्ण गरेका छौँ। चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र वडा नम्बर २ मा १७ बेडको आइसोलेसन तयार गरेका छौँ। यसमा आवश्यकता पर्‍यो भने थप्दै जान्छौँ।  बुधबार हामीले निर्णय गरेर १५ बेड थप्दैछौँ। त्यसपछि आवश्यकता बढ्दै गयो भने लगभग ७० बेडसम्मको आइसोलेसन बनाउने तयारी गरेका छौँ। 

हाम्रो नगरपालिकाका अधिकांश संक्रमित बलम्बुस्थित आइसोलेसनमा हुनुहुन्छ। नगरपालिकाले तयार गरेको आइसोलेसनमा ६ जना संक्रमित राखेका छौँ। 
आइसोलेसन निमार्णका साथै कोरोना रोकथाम तथा नियन्त्रणका लागि हामीले कन्ट्याक्ट ट्रेसिङ तथा पिसिआर परीक्षणलाई विशेष प्राथमिकतामा राखेका छौँ। एक दिनको सय जनालाई कन्ट्याक्ट ट्रेसिङमार्फत पिसीआर परीक्षण गराईरहेका छौँ। 

कोरोना नियन्त्रणका लागि हामीले सक्दो पहल गरिरहेका छौँ। कन्ट्याक्ट ट्रेसिङको दायरा फराकिलो बनाएका छौँ। पिसिआर परीक्षणका लागि आवश्यक किट केन्द्र सरकारसँग माग गरेका छौँ। पाइरहेका पनि छौँ।

Ncell 2
Ncell 2
nimb
nimb

हाम्रो म्यानपावर अनुसारको कामको प्रक्रियालाई हामीले अगाडि बढाइरहेका छौँ। प्रदेश सरकारले पनि ३० देखि ४० लाखसम्म बजेट पठाउने भनेर घोषणा गरिसकेको छ। तर पठाइसकेको छैन। यस्तो अवस्थामा मूलतः पैसा केन्द्रसँग माग्दै गर्ने। यो आपतको बेला त आफ्नो पनि खर्च गर्नु पर्यो नि। अहिले विकास भन्दा पनि मानवता जोगाउने हो। कसले गयो कसले गरेन भनेर आरोप प्रत्यारोप गर्ने बेला होइन, समन्वय गर्दै जाने कामको गतिलाई पनि अगाडि बढाउँदै जाने हो। स्रोत त छ नि। अहिले विकास निमार्णको काम ठप्प छ। विकासको काम गरिएको छैन। खातामा पैसा छ। आपत्कालीन अवस्थामा यसैलाई प्रयोग गर्नुपर्‍यो। 

कोभिड रोकथाम तथा नियन्त्रणका लागि भनेर हामीले ३ करोड छुट्याएका छौँ। अहिले त्यो पैसा खर्च गरिरहेका छौँ। भोलि बढ्दै गयो भने बढीभन्दा बढी संक्रमण फैलियो, लामो समयसम्म निशेधाज्ञा जारी गर्नुपर्ने अवस्था आयो, मानिसहरुले रोजगारी पाएनन् भोकमरी बढ्दै गयो भने विकास गर्ने कि मानवता जोगाउने त? अहिले प्रमुख कर्तव्य मानवता जोगाउने हो। अरुको मुख ताक्नुभन्दा पनि दत्तचित्त भएर अगाडि बढ्नुपर्ने बेला हो। यसमा मनन गर्नुपर्नै बेला आएको छ। 

अनि सरकारले भनेर मात्र पनि हुँदैन। जोखिम न्यूनीकरणका लागि व्यक्ति र समुदाय पनि सचेत हुन जरुरी छ। भिडभाडमा जानु भएन। भौतिक दूरी कायम गर्नुपर्‍यो। स्वास्थ्य सुरक्षाका उपाय अपनाउनुपर्‍यो। हामी जब आफ्नो रक्षाका लागि सचेत हुँदैनौँ तबसम्म जोखिम बढ्छ। सरकारले त स्रोतसाधन र क्षमताले भ्याएसम्म गरिरहेको छ।

हामीले कतिपय कुरामा केन्द्रीय सरकारलाई सुझाव समेत दिइरहेका छौँ। कन्ट्याक्ट टेसिङ तथा पिसिआर परीक्षणको दायरा फराकिलो बनाउनुपर्छ भनेका छौँ। हाम्रो नगरपालिकामा पनि २ हजारको पिसिआर परीक्षण गर्नुपर्‍यो भनेर भनेको छु। स्थानीय तहले पनि आफ्नो स्रोतसाधन र क्षमताले भ्याएसम्म काम गर्न सकिन्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जोखिमपूर्ण अवस्थामा फ्रन्टलाईनमा खटेर काम गरेका स्वास्थ्यकर्मीहरुमाथि दुर्व्यवहार बढेका घटना बाहिरिरहेका छन्। यो अपराध हो। मानवता विरोधी कार्यक्रम हो। हाम्रो नगरपालिकामा सबैलाई सचेत गराएका छौँ। अहिलेसम्म यस्तो अराजक गतिविधि भएको पनि छैन। कतै यस्तो भइहाल्यो भने हामी कडा कारबाही गर्छौं। 

(टोखा नगरपालिकाका मेयर अधिकारीसँग नेपाल लाइभकर्मी निर्मला घिमिरेले गरेको संवादमा आधारित) 

प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७  १८:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्