धनगढी–सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीको गोदावरी नगरपालिका–११ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार मृत्यु भएको छ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले मंगलबार निसर्ग अस्पताल धनगढीबाट पठाइएका उनको भेन्टिलेटरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जानकारी दिए। मृतकको शव व्यवस्थापनका लागि नेपाली सेनालाई आग्रह गरिसकिएको श्रेष्ठले बताए।
फोक्सो र कलेजोसम्बन्धी रोगले ग्रस्त भई निसर्ग अस्पताल धनगढीमा उपचार गराइरहेका उनलाई कोरोना संक्रमणको पुष्टि भएसँगै सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। सो अस्पतालको आइसोलेसनमा २० जना कोरोना संक्रमित उपचारत रहेको र उनीहरुको स्वास्थ्य अवस्था समान्य रहेको जनाइएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।