काठमाडौं-धुलिखेल अस्पतालमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। भक्तपुरकी ५५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो। मंगलबार राति ११ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा सुमन ताम्राकारले जानकरी दिए।
उनी श्वासप्रस्वाससम्बन्धी समस्या लिएर अस्पताल भर्ना भएकी थिइन्।
डा ताम्राकारका अनुसार उनको तीन दिन अगाडि पिसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ आएको हो। मृत्यु भएकी संक्रमित मुटुको बिरामी पनि थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।